लकडाउनमा बालबालिकाको सिकाइ निरन्तरता « Khabarhub
Logo
१२ जेठ २०७७, सोमबार

लकडाउनमा बालबालिकाको सिकाइ निरन्तरता



लामो लकडाउनमा मानिसलाई घरमै बसेर समय बिताउन गाह्रो भएको छ । छटपटाहट छ । समाचार सुन्न भ्याइनभ्याई छ । सडक सुनसान छ । घरबाहिर कोही ननिस्किऔँ । मास्क लगाऔँ । साबुन पानीले मिचेर हात धोइराखौँ । नाकमुख र आँखामा हात नलैजाऔँ । सामाजिक दूरी कायम राखौँ । यी कुरा सबैलाई कण्ठ भइसक्यो । यो जानकारीको जस कोरोना भाइरस (कोभिड–१९) लाई जान्छ ।

हिजो ढुक्कले चलेको समाजमा कोरोनाले कब्जामा जमाएको छ । विश्व स्वास्थ्य संगठन र संसारलाई यो भाइरस निन्त्रण गर्न कठिन भएको छ । कोरोना संकटकै बीच नेपालमा नयाँ आर्थिक वर्षको वार्षिक योजना र बजेट बनाउन काम भइरहेको छ ।

प्राथमिक तहदेखि उच्च शिक्षासम्मका विद्यार्थीहरू घरमा छन् । विश्वविद्यालयका सबै परीक्षा स्थगित छन् । विद्यालय शिक्षामा फलामे ढोका मानिने माध्यमिक शिक्षा परीक्षा (एसईई) रोकिएको छ । त्यस्तै हालत कक्षा ११ र १२ को छ । नौ कक्षासम्मका वार्षिक परीक्षा हतारहतार सकिए पनि नतिजा प्रकाशन हुन सकेन । नयाँ शैक्षिक सत्रको साढे एक महिना बित्न लाग्यो स्कूल खुल्ने छाँट छैन ।

भनिन्छ, कुनै समस्या समस्याको रूपमा मात्र आउँदैन, यसले केही विकल्प र सम्भावना पनि ल्याउँछ । समस्यामात्र हेरेर थकित बस्ने हो भने त्यो साँच्चै समस्या नै हुन्छ र समाजका हरेक अङ्गमा नकारात्मक प्रभाव पर्छ । अवसर खोजियो भने समाज विकासको नयाँ मोडल पनि स्थापित हुनसक्छ ।

यही सेरोफेरोमा हालको विषम परिस्थितिमा शिक्षण सिकाइलाई कसरी नयाँ तरिकाले निरन्तरता दिन सकिन्छ भनेर अनेक विचारहरू आउन थालेका छन् । कुनै तरिकारले बालबालिकालाई काममा सहभागी गराइराख्न सकियो भने सिक्ने बानीलाई निरन्तरता दिन सकिन्छ । यसबाट हालको महामारीप्रति हुने चिन्ता पनि कम गर्न सकिन्छ । साथै, विद्यालय सुरु भएपछि सिकाइ सहज बनाउन सकिन्छ ।

बालबालिकाको सिक्ने क्रम निरन्तर नभए के हुन्छ ?

लामो समयपछि विद्यालय खुल्दा बालबालिकामा पढ्ने र सिक्ने बानी कम भएको हुन्छ । बढी खेलेर मात्र बस्ने बानी हुन्छ । सिकाइ सृजनशीलता घट्छ ।

दिउँसो सुत्ने बानी हुन्छ । टेलिभिजन र सामाजिक सञ्जालमा समय बिताउने बानी हुन्छ । अनावश्यक मनोरञ्जनमा समय बित्छ । अभिभावकमा चिन्ता बढ्छ । महामारीको मात्र समाचार र छलफलले त्रास उत्पन्न हुन्छ । चिन्ता र निराशा बढ्छ ।

पढाइ र सिकाइमा आजको नयाँ प्रविधि पनि प्रयोग गर्न सकिन्छ । बालबालिकाको सिकाइ प्रक्रियामा आधुनिक प्रविधि प्रयोग गर्न सकियो भने प्रविधिप्रति चासो बढ्छ । नयाँ कुरा सिक्ने अवसर पनि हुन्छ । विद्यालयमा सधैँ पुस्तकमात्र पढ्दा दिक्दार भएको हुनसक्छ । पुस्तकहरू रङ्गीन नहुन सक्छन् । पुरानो भएको वा च्यातिएको हुनसक्छ । यस्तो अवस्थामा आधुनिक प्रविधि उपयोगी हुन्छ ।

के गर्ने त ?

यस्तो अवस्थामा बालबालिकालाई अनौपचारिक गतिविधिमा व्यस्त बनाउनु पर्छ । विभिन्न क्रियाकलाप गराउनुपर्छ ।

आफ्ना बालबालिकालाई घरमा बस्दा गर्ने कामको समय छुट्याइदिनु राम्रो हुन्छ । घरको नियमित काम सिकाउन र गर्न लगाउन सकिन्छ । घर, कोठा र आफ्नो सरसफाइ गर्ने, खाना बनाउने, फूलवारी र तरकारी बारीमा काम लगाउने, काममा सहयोग गर्नेजस्ता व्यावहारिक क्रियाकलापहरू गराउन सकिन्छ ।

दिनको एक समयमा नाचगान गराउन सकिन्छ । कथा, कविता, गीत वा यस्तै केही लेखनमा लगाउन सकिन्छ । चित्र बनाउने, रङ्गाउने काम दिन सकिन्छ । यस्तो काममा आफूभन्दा ठूलाको सहयोग लिन र सानालाई सहयोग गर्न लगाउन सकिन्छ ।

हरेक दिन कुनै एक सफलताको कथा सुनाउन सकिन्छ । समाजको उदाहरणीय व्यक्तित्वको बारेमा जानकारी दिन सकिन्छ । असल र खराब कामको जानकारी गराउन सकिन्छ । विभिन्न विषयमा बालबालिकाको विचार भन्न लगाउन सकिन्छ । घटनाहरू विश्लेषण गर्न र भविष्यको योजना बनाउन लगाउन सकिन्छ । यसमा अभिभावकले मद्दत गर्नुपर्छ ।

प्राकृतिक विपत्तिहरूका बारेका जानकारी दिन सकिन्छ । घटनाका कारणहरू बताउन सकिन्छ । यिनको रोकथाम र सम्भावित क्षतिका बारेमा जानकारी गराउन सकिन्छ । देशको इतिहास सुनाउन सकिन्छ । यस्ता विषयमा जानकारी गराउँदा उमेर र सिकाइस्तर ख्याल गर्नुपर्छ ।

परिवारको ज्येष्ठ सदस्यले आफ्ना अनुभव हाउभाउसहित सुनाउन सक्छन् । हजुरआमाको कथा, हजुरबाको यात्रा, काकाको खेलकुद सम्झना, आमाबुबाको बाल्यकाल आदि हुन सक्छन् । यस्ता कुराबाट बालबालिकाले विगतको जानकारी पाउँछन् र आफ्नो भविष्यबारे विचार गर्छन् ।

हालको अनिश्चितता एक दिन अन्त्य हुने नै छ । त्यसपछि बालबालिकाहरू आफ्नो नियमित पढाइमा फर्किनेछन् । तपाईंका बालबालिकाहरू माथिल्लो कक्षामा जाँदैछन् भने पुस्तकहरू क्रमशः पढ्न लगाउन सक्नुहुन्छ । पाठ्यपुस्तकबाहेक तिनको स्तर मिल्ने अन्य पुस्तकहरू पढ्न लगाउनु राम्रो हुन्छ । उमेर समूहअनुसार सान्दर्भिक कथा, कविताका पुस्तकहरू हुन सक्छन् । बजार बन्द भएका कारण घरमै भएका वा इन्टरनेटका माध्यमबाट प्रयोग गर्न सकिन्छ ।

पढाइ र सिकाइमा आजको नयाँ प्रविधि पनि प्रयोग गर्न सकिन्छ । बालबालिकाको सिकाइ प्रक्रियामा आधुनिक प्रविधि प्रयोग गर्न सकियो भने प्रविधिप्रति चासो बढ्छ । नयाँ कुरा सिक्ने अवसर पनि हुन्छ । विद्यालयमा सधैँ पुस्तकमात्र पढ्दा दिक्दार भएको हुनसक्छ । पुस्तकहरू रङ्गीन नहुन सक्छन् । पुरानो भएको वा च्यातिएको हुनसक्छ । यस्तो अवस्थामा आधुनिक प्रविधि उपयोगी हुन्छ ।

कुनैमा आवाज, चित्र, एनिमेशन र अक्षर समेत हुन्छ भने कुनैमा यीमध्ये केहीमात्र हुन्छन् । कुनै अनलाइनमात्र चल्ने हुन्छन् भने कुनै अफलाइन पनि चल्छन् । कुनै सामग्री प्रयोग गरेका आधारमा रकम तिर्नुपर्ने हुन्छ । विद्यार्थीको उमेर, मनोविज्ञान र सिकाइस्तर ख्याल गरेर बनाइएका सामग्री छनोट गर्नुपर्छ ।

कसरी गर्ने त ?

टेलिभिजन, कम्प्युटर, मोबाइल र ट्याबबाट बालबालिकालाई नयाँ कुरा सिकाउन सकिन्छ । हाल टेलिभिजनमा सरकारीलगायत केही निजी संस्थाहरूले शिक्षासम्बन्धी विभिन्न जानकारी दिइरहेका छन् । नियमित सिकाइमा सहयोग पुग्ने यस्ता सामग्री हेरेर सिकाउन सकिन्छ ।

कम्प्युटरमा सिकाइमूलक खेलहरू खेलाउन सकिन्छ । विभिन्न अनलाइन सामग्रीहरूबाट नयाँ कुराहरू सिकाउन सकिन्छ । उनीहरूलाई नै सामग्रीहरू खोज्न लगाउन सकिन्छ । इन्टरनेट प्रयोगमा अभिभावकले सावधानी पनि अपनाउनु पर्छ, बालबालिकाहरू अनावश्यक साइटमा गएर समय बर्बाद नगरून् । बच्चाको उमेरअनुसार विषयगत सामग्री भएका साइटहरू हेर्ने बानी गराउनुपर्छ । यसबाट बच्चा प्रविधिमा साक्षर हुन्छ । कम्प्युटर चलाउन जान्ने हुन्छ ।

कम्युटर छ तर नियमित इन्टरनेट छैन भने पनि अन्यत्रबाट शैक्षिक प्रयोजनका कक्षागत डिजिटल सामग्रीहरू ल्याएर इन्स्टल गरेर प्रयोग गर्न दिन सक्नुहुन्छ । ज्ञानवद्र्धक पुस्तक, अडियो तथा भिडियोको स्वरूपमा हुने यस्ता सामग्रीबाट बालबालिकाले रमाएर सिक्न सक्छन् ।

केही सामग्रीहरू मोबाइल र ट्याबमा पनि प्रयोग गर्न सकिने खालका हुन्छन् । नियमित प्रयोगका मोबाइलबाटै काम चलाउन सकिन्छ । कम्प्युटर नभए मोबाइल नै उपयोगी हुनसक्छ ।

कस्ता सामग्री दिने ?

बजारमा व्यापारिक प्रयोजनका सामग्री पनि हुन्छन्, त्यस्ताबाट जोगिनुपर्छ । सकेसम्म सम्बन्धित सरकारी निकायबाट मान्यता प्राप्त सामग्री प्रयोग गरे राम्रो । वा, सामाजिक उत्तरदायित्वसहित बनाइएका सामग्री छनोट गर्नुपर्छ । कक्षागत र विषयगत पाठ्यक्रममा मिल्ने छ कि छैन भन्ने पनि ख्याल गर्नुपर्छ ।

बजारमा विभिन्न किसिमका डिजिटल सामग्रीहरू पाइन्छन् । बालबालिकालाई सिकाइमा प्रयोग गर्न दिने सामग्री छनौटमा ख्याल पु¥याउनुपर्छ । कुनै सामग्री किन्नुपर्छ त कुनै निःशुल्क पाइन्छ । कुनै सामग्री खास उमेर समूहका लागि बनाइएका हुन्छन् । कक्षागत र विषयगतरूपमा छुट्याइएका पनि हुन्छन् । कुनै एकै ठाउँमा हुन्छन् ।

कुनैमा आवाज, चित्र, एनिमेशन र अक्षर समेत हुन्छ भने कुनैमा यीमध्ये केहीमात्र हुन्छन् । कुनै अनलाइनमात्र चल्ने हुन्छन् भने कुनै अफलाइन पनि चल्छन् । कुनै सामग्री प्रयोग गरेका आधारमा रकम तिर्नुपर्ने हुन्छ । विद्यार्थीको उमेर, मनोविज्ञान र सिकाइस्तर ख्याल गरेर बनाइएका सामग्री छनोट गर्नुपर्छ ।

बजारमा व्यापारिक प्रयोजनका सामग्री पनि हुन्छन्, त्यस्ताबाट जोगिनुपर्छ । सकेसम्म सम्बन्धित सरकारी निकायबाट मान्यता प्राप्त सामग्री प्रयोग गरे राम्रो । वा, सामाजिक उत्तरदायित्वसहित बनाइएका सामग्री छनोट गर्नुपर्छ । कक्षागत र विषयगत पाठ्यक्रममा मिल्ने छ कि छैन भन्ने पनि ख्याल गर्नुपर्छ ।

खरिद गर्नुपर्ने हो भने कति मूल्य पर्छ, एकपटक किनेपछि कति समय चल्छ, कुन कुन उपकरणमा चल्छ, प्राविधिक सहयोग उपलब्ध छ कि छैन, मान्यता प्राप्त छ कि छैन भन्ने कुरा पनि ख्याल गर्नुपर्छ ।

हाल यस्ता सामग्री ओपन लर्निङ इक्स्चेन्ज नेपाल, साझा शिक्षा ईपाटी नेपाल, डियरवाक लर्निङ सेन्टर, मिदास इक्लास, कुल ल्याब लगायतका संघसंस्थाहरूले तयार पारेका छन् । यीमध्ये साझा शिक्षा ईपाटी र डियरवाक लर्निङ सेन्टरले निःशुल्क सामग्री उपलव्ध गराउने गरेका छन् । अभिभावकहरूले पर्याप्त जानकारी लिएर उपयुक्त सामग्री छनौट गर्नुपर्छ ।

आवाज, चित्र, एनिमेशन र अक्षरको सम्मिश्रण भएका यी सामग्रीहरू पाठ्यक्रम विकास केन्द्रबाट स्वीकृत प्राप्त छन् । लामो समय लगाएर तयार पारिएका यी सामग्रीहरू अंग्रेजी र नेपाली भाषामा उपलव्ध छन् । राष्ट्रिय पाठ्यक्रममा आधारित यी सामग्री कक्षा एकदेखि आठसम्मका अंग्रेजी, गणित र विज्ञान तथा कक्षा एकदेखि चारसम्मका नेपाली विषयमा तयार छन् ।

यी सामग्री प्रयोग गर्न निरन्तर इन्टरनेट आवश्यक पर्दैन, एकपटक पुस्तकालयबाट डाउनलोड गरेर कपी गरेपछि एकसाथ जति पनि उपकरणहरूमा प्रयोग गर्न सकिन्छ । यहाँ हजारौँ पुस्तक, अडियो पुस्तक, भिडियो, एसईई सहयोगी सामग्री लगायत अभ्यास गर्न सकिने शैक्षिक सफ्टवेयरहरू राखिएका छन् । यी सामग्री शिक्षक, अभिभावक सबैका लागि उपयोगी छन् ।

आफ्ना बालबालिकालाई नयाँ ढङ्गले सिक्ने वातावरण बनाऔँ । बन्दाबन्दीको समय फलदायी बनाऔँ ।

(लेखक साझा शिक्षा ईपाटीका सिनियर मेनेजर हुन् ।)


भर्खर

0