श्रीलंकामा आउदो महिनाबाट क्रिकेट सुरू हुने | Khabarhub Khabarhub

श्रीलंकामा आउदो महिनाबाट क्रिकेट सुरू हुने


१० जेठ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – श्रीलंकामा आउदो जुन महिनाबाट क्रिकेट सुरू गर्ने तयारी भएको छ ।

कोरोना भाइरसको महामारीका कारण सम्पूर्ण खेल गतिविधी बन्द गरिएकोमा श्रीलंकामा आउदो जुनदेखि भने क्रिकेट सुचारु गर्ने त्यहाँको क्रिकेट बोर्डले तयारी गरेको छ।

श्रीलंकाका प्रशिक्षक मिक्की आर्थरले जुन महिनाबाट श्रीलंकाको क्रिकेट टिमले अभ्यास सुरु गर्न लागेको जानकारी दिएका छन् ।

प्रशिक्षक आर्थरका अनुसार श्रीलंका सरकार र स्वास्थ्य मन्त्रालयले समेत अभ्यास सुचारु गर्न अनुमति दिएको छ ।

सुरुमा २ फास्ट बलरबाट अभ्यास सुरु गर्ने र क्रमिकरूपमा टिमका सबै जनालाई जुन २० सम्म अभ्यासमा सहभागी गराउने उनले बताए ।

विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरसको कारण श्रीलंकाले इंग्ल्याण्ड र दक्षिण अफ्रिकाविरुद्धको घरेलु सिरिज रद्द गरेको थियो ।

 

प्रकाशित मिति : १० जेठ २०७७, शनिबार  ६ : ०२ बजे

आर्थिक संवृद्धिसँगै अन्तर्राष्ट्रिय प्रभाव बढाउँदै कतारका अमिर

कतारका लागि बङ्गलादेश र नेपाल दुई प्रमुख श्रम बजार हुन्।

इंग्लिस प्रिमियर लिग : चेल्सीमाथि आर्सनलको ५ गोल

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले सानदार जित निकालेको छ

गण्डकी सरकारविरुद्धको रिटमा आज सुनुवाइ

काठमाडौं– गण्डकी प्रदेश सरकारविरुद्ध सर्वोच्चमा परेको रिटमा आज सुनुवाइ हुँदैछ

भूकम्पीय जोखिम कम गर्न प्रभावकारी कदम आवश्यक : राष्ट्रपति

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले भूकम्पीय जोखिम न्यूनीकरणका लागि विभिन्न सुरक्षात्मक

आज गोरखा भूकम्पको सम्झना

काठमाडौं – वि‍.सं. २०७२ वैशाख १२ गते शनिबार ११ बजेर