आमाको महिमा कसले पो शब्दमा लेख्न सक्ला ?: केकी | Khabarhub Khabarhub

आमाको महिमा कसले पो शब्दमा लेख्न सक्ला ?: केकी


११ बैशाख २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज मातातीर्थ औंसी अर्थात् आमाको मुख हेर्ने दिन । नेपालीहरुले आजको दिन आमालाई विभिन्न कारणले सम्झिरहेका छन् । आजको दिन आमालाई सम्मान गर्दै सामाजिक सञ्जाल रंगिएका छन् ।

नायिका केकी अधिकारीले पनि आफ्नी आमालाई एक नोट लेखेर शेयर गरेकी छिन् । उनले सामाजिक सञ्जालमा एक नोट शेयर गर्दै लेखेकी छिन् – आमाको महिमा कसले पो शब्दमा लेख्न सक्ला ?

उनले नोटमा आमाको महिमा लेख्ने आँट नगरेको तर आमाको ममताले आफूहरु सधै कृतज्ञ भएको लेखेकी छिन् ।

‘२३ वर्षमा विवाह भएपछिको आफ्नो जिन्दगीको पूरा समर्पण हाम्रो परिवारलाई गरिदिनुलाई कति सजिलै लिन्छौं हामी,’ केकी लेख्छिन्, ‘म आमा हुँ अनि आमाको कुनै सपना हुँदैन भन्ने पंक्तिले मलाई साह्रै घोच्छ ।’

केकीले आमाको आँखामा कहिल्यै आँसु देख्न नपरोस् भनी कामना गरेकी छिन् । ‘हरेक जन्म हजुरकै कोखबाट होस् अनि त्यो कोखको साख राख्न सकूँ,’ केकी भन्छिन् ।

प्रकाशित मिति : ११ बैशाख २०७७, बिहीबार  ५ : ४९ बजे

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८० साल चैत १६ गते शुक्रबार तदनुसार

आज २०८० साल चैत १६ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८० साल चैत १६ गते शुक्रबार तदनुसार

जबरर्जस्ती सामुदायिक वनका रुख नकाट्न माग

काठमाडौं । मलुकभरको सामुदायिक वन उपभोक्ता समूहहरुको छाता सङ्गठन सामुदायिक

स्ट्रबेरी खेतीतर्फ आकर्षित हुँदै दाङका युवा

दाङ – लहरै रोपिएका स्ट्रबेरीका बिरुवामा फलेका फल पाकेर लटरम्म

नेपाल हुँदै भारत प्रवेश गर्न खोज्ने दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौं । नेपाल हुँदै अवैध रुपमा भारत प्रवेश गर्न खोजेको