कोरोना भाइरस संक्रमित किशोरीलाई मध्यरातमा लगिएको थियो टेकु अस्पताल | Khabarhub Khabarhub

कोरोना भाइरस संक्रमित किशोरीलाई मध्यरातमा लगिएको थियो टेकु अस्पताल


१० चैत्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा शनिबारसम्म गरिएको स्वास्थ्य परीक्षणमा कुनै पनि नेपालीमा कोरोना संक्रमण पोजेटिभ देखिएको थिएन । तर, शुक्रबार संकलन गरिएको स्याम्पल मध्ये एउटा स्याम्पलको परीक्षणमा कोरोना पोजेटिभ देखियो ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले तत्काल स्वास्थ्य मन्त्रालयलाई खबर गर्‍यो । स्वास्थ्य मन्त्रालयले प्रधानमन्त्री कार्यालयलाई जनाकारी दियो । नेपालमा कोरोना भाइरसको संक्रमण देखिएको यो दोस्रो केस थियो ।

कोरोना परीक्षणमा एक व्यक्तिको स्याम्पल पोजेटिभ देखिएपछि बिरामीको विषयमा सोधखोज भयो । कोरोना पोजेटिभ देखिएको व्यक्तिको स्याम्पल टेकुकै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालबाट आएको थियो । तर अस्पतालले कोरोना पोजेटिभ देखिएको बिरामी अस्पतालको आइसोलेसनमा नभएको जानकारी स्वास्थ्य मन्त्रालयलाई दियो ।

कोरोना संक्रमण पोजेटिभ देखिएको बिरामी काठमाडौं मैतिदेवीमा बस्ने १९ वर्षीया युवती भएको पुष्टि भएपछि स्वास्थ्य मन्त्रालयले तत्काल घटनालाई सार्वजनिक गरेन ।

स्वास्थ्य मन्त्रालय, टेकु अस्पताल र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाखाले एकआपसमा समन्वय गरेर मैतीदेविमा रहेकी ती युवतीलाई मध्यरातमा एम्बुलेन्स मार्फत टेकु अस्पताल ल्याइयो ।

‘पहिला त ती युवती घरमा है क्वारेन्टाइनमा थिइन, कोरोना पोजेटिभ भएको पाइएपछि हिजो राति टेकु अस्पतालमा ल्याइएको हो,’ स्रोतले खबरहबसँग भन्यो ।
कोरोना पोजेटिभ देखिएकी ती युवतीलाई अस्पतालको आइसोलेसनमा राखिएपनि उक्त सूचना भने सार्वजनिक गरिएन ।

स्वास्थ्य मन्त्रालयले सोमबार पत्रकार सम्मेलन गरी नेपालमा थप एकजनामा कोरोना संक्रमण देखिएको जानकारी दियो ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले चैत ४ गते फ्रान्सबाट कतार ट्रान्जिट हुँदै नेपाल आएकी १९ वर्षीया एक युवतीमा कोरोना पोजेटिभ देखिएको बताए ।

डा देवकोटाले युवती नेपाल फर्किएपछि होम क्वारेन्टाइनमै रहेको र चैत ९ कोरोना टेष्ट गर्दा कोरोना पोजेटिभ देखिएको बताए ।

स्वास्थ्य मन्त्रालयले शुक्रराज अस्पतालमा बिरामीलाई आइसोलेसनमा राखि उपचार शुरु गरिएको र उनको परिवारलाई पनि घरमै क्वारेन्टाइनमा राखिएको जानकारी दिए ।

स्रोतका अनुसार कोरोना संक्रमण देखिएकी ती युवतीकी परिवारको सदस्य पनि चिकित्सक छन् । उनीहरु अहिले होम क्वारेन्टाइनमा रहेका छन् ।

उनीसँगै कतार एयरवेजको विमानबाट नेपाल आएका व्यक्तिहरुको खोजी गरिने मन्त्रालयले जनाएका छ ।

प्रकाशित मिति : १० चैत्र २०७६, सोमबार  ४ : २२ बजे

नेपाल सेमिफाइनलबाट बाहिरियो, एशिया कपमा छनौट हुन असफल

काठमाडौँ– नेपाल एशिया कपमा छनौट हुन असफल भएको छ ।

सर्वोच्चको फैसला नआएसम्म कांग्रेसले गण्डकी प्रदेश सभा बहिष्कार गर्ने

पोखरा– नेपाली कांग्रेसले गण्डकी प्रदेश सभा बैठक बहिस्कार गर्ने निर्णय

दयाहाङको सफलतामा लुकेको रहस्य

काठमाडौं– अहिलेका सर्वाधिक व्यस्त नायक हुन् दयाहाङ राई । विसं

महाजात्राले कमायो २६ करोड ६५ लाख

काठमाडौं– ‘जात्रा’ र ‘जात्रै जात्रा’ पछि षट्कोण आर्ट्सले निर्माण गरेको

नेपाललाई तेस्रो सफलता, गुलशनले लिए दोस्रो विकेट

काठमाडौं– नेपालले तेस्रो विकेट लिएको छ । एसीसी प्रिमियर कपको