कोरोना भाइरस : कोलम्बियाको जेलमा भाडदौड, २३ जनाको मृत्यु | Khabarhub Khabarhub

कोरोना भाइरस : कोलम्बियाको जेलमा भाडदौड, २३ जनाको मृत्यु


१० चैत्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोरोनाभाइरस सङ्क्रमण फैलिएको हल्लापछि कोलम्बियाको एउटा जेलमा भागदौड मच्चिएको छ ।

सोक्रममा दङ्गा हुँदा कम्तीमा २३ जना कैदीबन्दीको मृत्यु भएको  अधिकारीहरूले बताएका छन्।

कोलम्बियाकी न्यायमन्त्री मार्गरिटा काबेलोका अनुसार बोगोटास्थित लामोन्डेलो कारागारमा भएको हिंसामा ८३ जना कैदीबन्दी घाइते भएका छन्।

कोरोनाभाइरसको त्रासपछि कारागारमा रहेका कैदीबन्दीले फितलो स्वास्थ्यसेवा दिइएको भन्दै विरोध प्रदर्शन हुँदै आएको थियो ।

न्यायमन्त्री काबेलोका अनुसार उक्त हिंसामा घाइते भएका ३२ बन्दी र सात सुरक्षाकर्मीलाई उपचारका लागि अस्पताल लगिएको छ। दुई सुरक्षाकर्मीको अवस्था चिन्ताजनक रहेको बीबीसीले जनाएको छ।  

प्रकाशित मिति : १० चैत्र २०७६, सोमबार  १ : ५८ बजे

उपनिर्वाचनको प्रचारप्रसार आजदेखि बन्द

काठमाडौं– यही वैशाख १५ गते हुने उपनिर्वाचनका लागि आजदेखि प्रचारप्रसार

उद्योग समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम

यी प्रदेशमा हावाहुरीसहित वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानु महाशाखाले हाल

विश्वभर प्रोस्टेट क्यान्सरका बिरामी बढ्दै

काठमाडौं – विश्वभर प्रोस्टेट क्यान्सरका बिरामी बढिरहेका पाइएको छ। सन्

गुजरातविरुद्ध दिल्लीले निकाल्यो चार रनको रोचक जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा