कोरोना कहर: 'दुई नम्बरी' छायांकन पनि रोकियो | Khabarhub Khabarhub

कोरोना कहर: ‘दुई नम्बरी’ छायांकन पनि रोकियो


१० चैत्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कास्कीको घाचोकमा छायांकन भइरहेको फिल्म ‘दुई नम्बरी’ को छायांकन रोकिएको छ । कोरोना प्रभावका कारण फिल्मको छायांकन स्थगित गरिएको निर्देशक दिपेन्द्र लामाले बताए ।

‘सबैको स्वास्थ्यलाई ख्याल गर्दै र कोरोना त्रास नफैलोस् भनेर सचेत बनेका हौं,’ उनले भने ।

फिल्ममा पल शाह र वर्षा राउतको पनि शीर्ष भूमिका रहनेछ । ‘दुई नम्बरी’ बाट नेपाली रजतपटमा भुटानी नायिका उगेनले डेब्यु गरेकी छिन् ।

सम्पूर्ण छायांकन पोखरामा गरिने भनिएको यो फिल्मको ३५ दिनमा शूटिङ सकाइने योजना थियो । अब भने कोरोना त्रासका कारण फिल्मको छायांकन पछि धकेलिएको हो ।

रोहित कट्टेल र सरोज नेपालीले निर्माण गरेको यो फिल्ममा रत्न श्रेष्ठ कार्यकारी निर्माता छन् भने किरण नेपाली प्रस्तुतकर्ता छन् ।

प्रकाशित मिति : १० चैत्र २०७६, सोमबार  १ : ४४ बजे

६८ लाखको लागतमा प्रशासनिक भवन निर्माण

टीकापुर– टीकापुर नगरपालिका– ७ को प्रशासनिक भवन ६८ लाख रुपैयाँको

साउदी प्रो लिग : अल नासरको पुनरागमन जित

काठमाडौँ- साउदी प्रो लिग फुटबलमा अल नासरले पुनरागमन जित निकालेको

संस्कृति संरक्षण गर्न नौमती बाजा हस्तान्तरण

लमजुङ– परम्परागत संस्कृति संरक्षण गर्ने उद्देश्यले जिल्लाका दलित समुदायलाई नौमती

मृत्युमार्गको विकल्प सिद्धबाब सुरुङ (फोटो फिचर)

मनिष अर्याल/नेपाल फोटो लाइब्रेरी पाल्पा – मृत्युमार्गले परिचित सिद्धार्थ राजमार्गको

आँबुखैरेनी अस्पताललाई डायलाइसिस मेसिन प्रदान

तनहुँ– तनहुँको आँबुखैरेनी गाउँपालिकाद्वारा सञ्चालित आँबुखैरेनी अस्पताललाई दुई थान डायलाइसिस