प्रहरी नै लुटपाटमा संलग्न, काठमाडौं प्रहरीको टोली मकवानपुरमा पक्राउ | Khabarhub Khabarhub

प्रहरी नै लुटपाटमा संलग्न, काठमाडौं प्रहरीको टोली मकवानपुरमा पक्राउ


१० चैत्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– महानगरीय प्रहरी कार्यालय रानीपोखरीको सीआरभी टोलीका प्रहरी लुटपाट गर्ने क्रममा पक्राउ परेका छन् ।

काठमाडौंबाट लुटपाट गर्न मकवानपुर गएको अवस्थामा प्रहरीको सीआरभी टोली पक्राउ परेको हो ।

पक्राउ पर्नेमा महानगरीय प्रहरी बृत्त दरबारमार्गमा कार्यरत रही महानगरीय प्रहरीको सीआरभी टोलीमा संलग्न प्रहरी सहायक निरीक्षक (असई) सुरेन्द्रबहादुर  बसेल, प्रहरी जवानहरु हेमकान्त मगर र वीरबहादुर बस्नेत छन् । उनीहरुसँग एकजना पत्रकार पनि पक्राउ परेका जनाइएको छ । पक्राउ परेका पत्रकारको नाम सुजन आचार्य भनिए पनि उनी कुन सञ्चारमाध्यममा कार्यरत हुन भन्ने विषय भने खुलेको छैन ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) विश्वराज पोखरेलले सीआरभी टोलीका सदस्यहरु लुटपाट गर्ने क्रममा पक्राउ परेको पुष्टि गरे ।

‘यहाँबाट मकवानपुर गएर लुटपाट गर्ने क्रममा पक्राउ परेको सूचना मैले पनि पाएको छु,’ डीआईजी पोखरेलले भने, ‘अपराधिक घटना रोक्ने जिम्मेवारी पाएकाबाटै अपराध भएको छ । यस्तो घटनामा संलग्नहरुलाई हदैसम्मको कारबाही हुन्छ ।’

डीआईजी पोखरेलका अनुसार मकवानपुर प्रहरीले पक्राउ परेका तीनै जनाविरुद्ध डाँका मुद्दामा अनुसन्धान शुरु गरिसकेको छ ।

महानगरीय प्रहरी कार्यालय रानी पोखरीले केही समय अगाडि मात्रै घुमुवा प्रहरीको टोली हटाएर विशेष प्रकारका अपरेशन र सूचना संकलनका लागि सीआरभी टोली खटाएको थियो ।

प्रकाशित मिति : १० चैत्र २०७६, सोमबार  १० : ५० बजे

प्रिओपन सेसनमा नेप्से २ अंकले बढ्यो

काठमाडौं– साताको अन्तिम कारोबार दिन आज प्रिओपन सेसनमा नेप्से परिसूचक

बसको ठक्करबाट एक महिलाको मृत्यु

चितवन– पूर्वी चितवनको राप्ती नगरपालिकामा बसको ठक्करबाट एक जना तीर्थयात्रीको

१६औं योजना तर्जुमा अन्तिम चरणमा, लक्ष्य भेट्न ११४ खर्ब चाहिने

काठमाडौं – सरकारले १६औं योजना (आर्थिक वर्ष ०८१/८२–२०८५/८६) तर्जुमा अन्तिम

टिकटकले प्रतिबन्ध हटाउन अमेरिकामा मुद्दा लड्ने

एजेन्सी – चीनसँगको बढ्दो टकरावबीच प्रतिबन्ध लाग्ने सम्भावना बढेपछि टिकटकले

खाना तथा खाजा खाएपछि सुप किन खाइन्छ ?

काठमाडौं– प्रायः हामी खाना खाइसकेपछि सुप चपाउने गर्छौं । न