आजबाट भारत र चीनतर्फका सीमा नाका बन्द, ढुवानी भने नरोकिने | Khabarhub Khabarhub

आजबाट भारत र चीनतर्फका सीमा नाका बन्द, ढुवानी भने नरोकिने


१० चैत्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विश्वव्यापी रुपमा फैलिकएको कोरोना भाइरसको संक्रमण रोक्न नेपालले आजबाट दुवै छिमेकी मुलुक चीन र भारततर्फका सबै सीमा नाक बन्द गर्ने भएको छ ।

आइतबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले आज बिहान १० बजेदेखि लागू हुनेगरी दुवै छिमेकी देशका सबै नाका बन्द गर्ने निर्णय गरेको हो ।

छिमेकी नाकाबाट यात्रु आवागमन एक हप्ताका लागि बन्द गर्ने निर्णय भएको सरकारका प्रवक्ता युवराज खतिवडाले जानकारी दिए । उनले सीमा वारपारको ढुवानी भने नियमित हुने बताए ।

उनले भने, ‘यो अहिले तत्कालका लागि लिइएको निर्णय हो । लामो समय रोक्नुपर्ने स्थिति आएमा दुई पक्षीय वार्ताबाट निर्णयमा पुग्नेछौ ।’

उनले एक देशको संक्रमण अर्को देशमा नफैलियोस् भनेर छिमेकी देशकोसमेत हितलाई ध्यानमा राख्दै यस्तो निर्णय गरिएको बताए ।

कोरोना सङ्क्रमण विरुद्ध लड्नका लागि सरकारले केन्द्रीय राहत कोषकोे स्थापना गरेको छ ।

कोषमा सरकारले ५० करोड रुपैयाँ राख्ने भएको छ । त्यसैगरी संघीय सरकारका मन्त्रीहरुको एक महिनाको तलब पनि कोषमा जम्मा गर्ने निर्णय भएको छ ।

सरकारले कोषमा सहयोग गर्न अन्य सबैलाई आह्वान समेत गरेको छ ।

प्रकाशित मिति : १० चैत्र २०७६, सोमबार  ८ : १९ बजे

मैले अर्को उथलपुथल गर्न सक्छु- प्रधानमन्त्री

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूले अर्को उथलपुथल गर्न

कर्णाली नदीमा हाम फालेर बेपत्ता भएका युवकको शव फेला

कैलाली– कैलालीको चिसापानी स्थित कर्णाली नदीमा हाम फालेर बेपत्ता भएका

हत्या अभियोगमा पक्राउ परेका युवा सार्वजनिक 

काठमाडौं– इलाका प्रहरी कार्यालय बनेपाले ८३ वर्षिय महिलाको हत्या अभियोगमा

अष्ट्रेलियाको जीवनस्तर तथा उत्पादकत्वमा गिरावट

क्यानबेरा– निजी क्षेत्रमा उचित प्रतिस्पर्धाको अभावले अस्ट्रेलियालीहरूको जीवनस्तर खतरामा परेको

चैते धानमा किसानको आकर्षण बढ्दै

भजनी– कैलालीको भजनी नगरपालिका–६ का पतीराम चौधरीले नौ वर्षदेखि चैते