महावीर पुनको आविष्कार केन्द्रलाई जेम्स स्कूलद्वारा सहयोग | Khabarhub Khabarhub

महावीर पुनको आविष्कार केन्द्रलाई जेम्स स्कूलद्वारा सहयोग


११ फाल्गुन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा- झापाको दमक–८ स्थित झापा मोडल अङ्ग्रेजी बोर्डिङ स्कुल (जेम्स) ले महावीर पुनद्वारा स्थापित राष्ट्रिय आविष्कार केन्द्रलाई रु ५१ हजार आर्थिक सहयोग गरेको छ ।

काठमाडौँको कीर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालयको हातामा सञ्चालित सो केन्द्रलाई विज्ञान र प्रविधिको क्षेत्रमा उल्लेखनीय योगदान पु¥याउन सहयोग पुगोस् भन्दै स्कुलले सो सहयोग प्रदान गरेको प्रिन्सिपल सागर श्रेष्ठले बताए ।

विद्यालयको एक टोली आज केन्द्रको कार्यालयमा पुगेर सो सहयोग हस्तान्तरण गरेको हो ।

विद्यार्थी, शिक्षक र स्कुल सञ्चालकबाट सङ्कलित सो सहयोग रकम केन्द्रका संस्थापक पुनलाई विद्यार्थीको हातबाट हस्तान्तरण गरिएको स्कुलका संस्थापक निर्देशक जयबहादुर श्रेष्ठले बताए ।

कार्यक्रमका अवसरमा आविष्कारक पुनसँग विद्यार्थीले विज्ञान र प्रविधिका बारेमा अन्तरक्रिया समेत गरेका थिए ।

प्रकाशित मिति : ११ फाल्गुन २०७६, आइतबार  ७ : २८ बजे

दयाहाङको सफलतामा लुकेको रहस्य

काठमाडौं– अहिलेका सर्वाधिक व्यस्त नायक हुन् दयाहाङ राई । विसं

महाजात्राले कमायो २६ करोड ६५ लाख

काठमाडौं– ‘जात्रा’ र ‘जात्रै जात्रा’ पछि षट्कोण आर्ट्सले निर्माण गरेको

नेपाललाई तेस्रो सफलता, गुलशनले लिए दोस्रो विकेट

काठमाडौं– नेपालले तेस्रो विकेट लिएको छ । एसीसी प्रिमियर कपको

कोशीमा मुख्यमन्त्री केदारकै नेतृत्वमा सर्वदलीय सरकार बनाउन कांग्रेसको माग 

काठमाडौं– नेपाली कांग्रेसका सांसद विनोद राईले कोशी प्रदेशका मुख्यमन्त्री केदार

सांसद खानले लिइन् प्रतिनिधि सभा सदस्यको शपथ

काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) की समानुपातिक सांसद हसिना खानले