हिउँदे मकैको घोगामा दाना नलाग्दा किसान चिन्तित | Khabarhub Khabarhub

हिउँदे मकैको घोगामा दाना नलाग्दा किसान चिन्तित


११ फाल्गुन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बारा-  यसवर्ष हिउँदे मकै खेती गरिएको क्षेत्रमध्ये केही क्षेत्रमा मकैको घोगामा दाना नलागी धानबालामा नै दाना लागेपछि बारा जिल्लाका कृषक चिन्तित बनेका छन् ।

किसानले यसवर्ष हिउँदे करिब पाँच हजार ३५ हेक्टर क्षेत्रफलमा विभिन्न जातको मकै खेती गरेकामा निजगढ, सिगौल, रतनपुरी, सिमरा, डुमनवाना, मनहर्वा कोल्हवी, सपही गरी करिब २०० हेक्टर क्षेत्रफलमा मकै बालीमा समस्या देखापरेको कृषि ज्ञान केन्द्रका प्रमुख जीतेन्द्र यादवले जानकारी दिए ।

सो क्षेत्रमा लगाइएको मकै बाली हृष्टपुष्ट पोषक नभएको साथै मकैको धानबालामा दाना लागेको हुनाले किसानले समस्या भोग्नुपरेको ज्ञान केन्द्रका गेनालाल मण्डलले बताए ।

सम्बन्धित निकायद्वारा सूचीकृत गरिएको र नगरिएको किसानको मकै खेतमा समस्या देखएको हो । गत वर्ष कृषकले करिब चार हजार ८३५ हेक्टर खेती गरी प्रति हेक्टर ६ दशमलव ५ मेट्रिकटनका दरले ३१ हजार ४२७ मेट्रिकटन हिउँदे मकै उत्पादन भएको थियो ।

प्रकाशित मिति : ११ फाल्गुन २०७६, आइतबार  १० : ३० बजे

अध्ययन भन्छ- राति सुत्ने बेलामा भित्री वस्त्र नलगाउनुस्

प्रायः महिलाहरू राती भित्री वस्त्र लगाएर सुत्छन्। तर सामान्यतया रातमा

दिल्लीको लगातार दोस्रो हार : राजस्थान १२ रनले विजयी

काठमाडौँ – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

शुक्रबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८० साल चैत १६ गते शुक्रबार सन्

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८० साल चैत १६ गते शुक्रबार तदनुसार

आज २०८० साल चैत १६ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८० साल चैत १६ गते शुक्रबार तदनुसार