डोला उठाउँदै प्रचण्डले गरे मिथिला परिक्रमाको उद्घाटन(फोटो फिचर) | Khabarhub Khabarhub

डोला उठाउँदै प्रचण्डले गरे मिथिला परिक्रमाको उद्घाटन(फोटो फिचर)


११ फाल्गुन २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुर– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मिथिला परिक्रमाको उद्घाटन गरेका छन् ।

आइतवार मिथिला बिहारी नगरपालिकाको कचुरीस्थित मिथिला बिहारी मन्दिरबाट निकालिएको डोला उठाउँदै अध्यक्ष प्रचण्डले मिथिला परिक्रमाको उद्घाटन गरेका हुन् । प्रचण्डले डोला केही परसम्म उठाएका थिए ।

हेलिकप्टरबाट मिथिलाविहारी मन्दिर पुगेका अध्यक्ष ‘प्रचण्ड’ले हेलिकप्टरबाट पुष्पवृष्टिसमेत गरेका थिए ।

परिक्रमाको उद्घाटन गर्दै प्रचण्डले धर्मशाला बनाउनका लागि पार्टी र आफ्नो तर्फबाट पूर्ण सहयोग रहने बताए ।

मिथिला मध्यमा परिक्रमा नेपाल र भारतको लागि महाकुम्भ भएको भन्दै प्रचण्डले दुवै देशको धार्मिक संस्कृति बुझ्न यसले महत्वपूर्ण योगदान पुर्याएको उल्लेख गरे ।

मिथिलाको ऐतिहासिक, पौराणिक र धार्मिक आस्थाको धरोहरका रुपमा रहेको परिक्रमा १५ दिनसम्म चल्नेछ ।

१ सय ३३ किलो मिटरको पदयात्रामा नेपाल र भारतका विभिन्न स्थानका ठूलो संख्यामा साधुसन्त र गृहस्थ आश्रमका श्रद्धालुहरुको सहभागिता रहने गरेको छ ।

प्राचिन मिथिलाको राजधानी जनकपुरधामको अग्नीकुण्डबाट किशोरीजी(सीता) अर्थात माता जानकी र कचुरी मठबाट मिथिला बिहारी भगवान रामचन्द्रको दुई प्रमुख डोलाको नेतृत्वमा मध्यमिथिला परिक्रमा विधिवत रुपमा सुरु भएको हो ।

अति नै कठोर मानिएको धर्मरक्षा उद्देश्यसहित परिवारमा सुख शान्ति, पाप र रोग व्याधिबाट मुक्ति लाभको कामना गर्दै परिक्रमामा आएका श्रद्धालुहरुको भनाइ छ ।

प्रकाशित मिति : ११ फाल्गुन २०७६, आइतबार  २ : ३५ बजे

सरकार विरोधी प्रदर्शनलाई समर्थन गरेको आरोपमा इरानी र्‍यापरलाई मृत्युदण्ड !

काठमाडौं– सरकार विरोधी प्रदर्शनलाई समर्थन गरेको आरोपमा एक इरानी र्‍यापरलाई

दक्षिण कोरियाले गर्‍यो पहिलो पृथ्वी नानोस्याटेलाइट प्रक्षेपण

सोल– सन् २०२७ सम्ममा उपग्रह समूह बनाउने योजनाको हिस्साका रूपमा

यस्तो छ १६ औँ योजनाको मस्यौदा (पूर्णपाठ)

सरकारले १६ औँ योजनाको मस्यौदा ल्याएको छ । उक्त योजनाको

राष्ट्रिय चलचित्र पुरस्कारका लागि बोर्डले माग्यो आवेदन

काठमाडौं– चलचित्र विकास बोर्डले २४औं वार्षिकोत्सवको अवसरमा विभिन्न विधामा राष्ट्रिय

चुरेमा छवटा सिँचाइ योजनाको काम सुरु

गोदावरी– कैलालीको पहाडी भेगमा पर्ने चुरे गाउँपालिकामा छवटा सिँचाइ योजना