छायाँ मन्त्रीहरुलाई देउवाको निर्देशन– मन्त्रालयमा हुने भ्रष्टाचारको सुक्ष्म अध्ययन गर्नुहोस् | Khabarhub Khabarhub

छायाँ मन्त्रीहरुलाई देउवाको निर्देशन– मन्त्रालयमा हुने भ्रष्टाचारको सुक्ष्म अध्ययन गर्नुहोस्


११ फाल्गुन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति एवम् संसदीय दलका नेता शेरबहादुर देउवाले मन्त्रालयमा हुने सबै प्रकारका भ्रष्टाचारजन्य गतिविधिको सुक्ष्म ढंगले अध्ययन गर्न निर्देशन दिएका छन् ।

सरकारका कामकारबाहीको निगरानी गर्न भनेर गठन गरिएको छायाँ सरकारको पहिलो बैठकलाई आइतबार सम्बोधन गर्दै देउवाले मन्त्रालयमा हुने सबै प्रकारका भ्रष्टाचारको सुक्ष्म ढंगले अध्ययन गर्न छायाँ मन्त्रीहरुलाई निर्देशन दिएका हुन् ।

प्रमुख प्रतिपक्षी कांग्रेसले गत जेठ ६ गते संघीय सरकारका २१ वटै मन्त्रालय हेर्ने गरी छायाँ सरकार गठन गरेको थियो ।

यद्यपि छायाँ सरकारको वैठक भने करिब ९ महिना पछि मात्रै बसेको हो । आइतबार सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा बसेको  बैठकमा मन्त्रालयगत जिम्मेवारी पाएका सांसद (छायाँ मन्त्री)हरुले आ–आफ्नो प्रतिवेदन सभापति देउवालाई बुझाएका थिए ।

छायाँ मन्त्रीहरुको प्रतिवेदन बुझ्दै देउवाले सरकारले नीतिगत रुपमा ल्याउने विधेयकमा चनाखो रुपमा सहभागिता जनाउने र पार्टीगत धारणा राख्न निर्देशन समेत दिए ।

प्रकाशित मिति : ११ फाल्गुन २०७६, आइतबार  २ : १० बजे

बोक्सीको घरको प्रिमियर सम्पन्न

काठमाडौं – शुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सी’को

आगोले पाइप जलेपछि खानेपानीको समस्या

स्याङ्जा – वनमा लागेको आगोले पाइप जलेपछि गाउँमा खानेपानीको समस्या

मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रण

जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आज दिउँसो लागेको

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा

प्रहरीद्वारा १६ लाख बराबरको सामान बरामद

कञ्चनपुर । कञ्चनपुरमा भारतबाट भन्सार छली गरी ल्याएको रु १६