डेढ महिना पछि थाहा भयो बाँस्कोटाले ७० करोड मागेको कुरा रेकर्ड पो भएछ ! | Khabarhub Khabarhub

डेढ महिना पछि थाहा भयो बाँस्कोटाले ७० करोड मागेको कुरा रेकर्ड पो भएछ !


११ फाल्गुन २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ७० करोडको कमिसन काण्डमा मुछिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीका सबैभन्दा विश्वासिला पात्र, सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले राजीनामा दिनु पर्‍यो । अहिले बाँस्कोटाविरुद्ध छानबिनका लागि अख्तियारमा उजुरी समेत परिसकेको छ ।

अख्तियार स्रोतले बाँस्कोटामाथि छानबिन शुरु भइसकेको जनाएको छ । शनिबार बसेको सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले राज्यका संयन्त्रहरु संघीय संसद, अख्तियार दुरुपयोग अनुसन्धान आयोग र प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले बाँस्कोटामाथि अनुसन्धान गर्ने जनाएका थिए ।

विपक्षीहरुले गर्ने आलोचनाको जवाफ दिएर सरकारको प्रतिरक्षामा उभिने बाँस्कोटा अहिले सरकारकै नजरमा एक ‘संदिग्ध व्यक्ति’ बनेका छन् । सञ्चारमाध्यममा सार्वजनिक भएको एउटा अडियोले बाँस्कोटाको राजनीतिक ‘करिअर’माथि नै आशंका उब्जाइदिएको छ ।

तर, उक्त प्रकरणमा बाँस्कोटाजस्तै अर्का एक पात्र पनि ‘संलग्न’ छन्, जसले बाँस्कोटाविरुद्धको प्रमाणलाई १७ महिनादेखि गोजीमा बोकेर हिँडिरहेका थिए । उनी हुन्– विजयप्रकाश मिश्र ।

आफूलाई मेसिन उत्पादक स्वीस कम्पनी केबीए–नोटासिसको नेपाली प्रतिनिधि (एजेन्ट) बताउने मिश्रले नै उक्त अडियो रेकर्ड गरी लिक गराएका हुन्– आफ्नो उक्त कामका कारण एउटा सम्भावित ठूलो भ्रष्टाचार रोकिएको उनको दाबी छ । यद्यपि मिश्रले आफू एजेन्ट रहेको कम्पनीले ठेक्का नपाउने निश्चित भएपछि उक्त अडियो बाहिर ल्याएको पनि बताइन्छ ।

मिश्रले मन्त्री बाँस्कोटालाई भेट्न गएका बेला ‘विना कुनै योजना’ उक्त अडियो रेकर्ड हुन गएको बताएका छन् । एउटा टेलिभिजन अन्तर्वातामा मिश्रले भनेका छन्– ‘पहिलो भेटमा बिजी (व्यस्त) छु भन्नुभयो म फर्किए, दोस्रो पटक पनि बिजी छु भन्नुभयो म फर्किए । तेस्रो पटक यो रेकर्ड आयो ।’

मन्त्री बाँस्कोटालाई भेट्न गएको बेला उनको वेटिङ क्याभिनमा बसेका केही व्यक्तिले बोलेको कुरा रेकर्ड गर्न आवश्यक ठानेर मोबाइलको रेकर्डर अन गरेको मिश्रको भनाइ छ । तर, मन्त्रीलाई भेट्न जाँदा पनि उक्त रेकर्डर अन नै रहेछ । जसका कारण मन्त्रीको अडियो धेरै क्लियर नआए पनि रेकर्ड चाहिँ भएको उनी बताउँछन् ।

मन्त्री बाँस्कोटासँग आफूले ३ मिनेट मात्रै भेटेको र त्यसबीचमा उक्त कुराकानी रेकर्ड भएको उनको भनाइ छ । तर, भेटघाट भएको करिब डेढ महिनापछि मोबाइलमा रहेका अनावश्यक सामग्रीहरु डिलिट गर्ने क्रममा बाँस्कोटासँग भएको कुराकानी रेकर्ड भएको कुरा आफूले थाहा पाएको मिश्रको कथन छ ।

‘डेढ महिनापछि मोबाइल ह्याङ हुन्छ भनेर फाल्दै जाँदा एउटा अडियो सुने उहाँ (बाँस्कोटा)को रेकर्ड रहेछ,’ मिश्र भन्छन् ।

बाँस्कोटासँग भएको कुराकानीको अडियो क्लिप लिक गरेर आफूले भ्रष्टाचार विरुद्धको अभियान छेडेको मिश्रको दाबी छ ।

‘यो भ्रष्टार विरुद्धको अभियान हो । मैले अभियानको गाडी लिएर सिंहदरबार भित्र छिराइसकेको छु । त्यो गाडी लेखा समितिमा गएर अडिएर बसेको छ । गाडीलाई लेखासमितिले भर्ने अथवा नेतिकताका आधारमा उहाँहरु आफैं आएर त्यो गाडीमा बस्नुहुन्छ भने बस्नुहुन्छ,’ मिश्र भन्छन्, ‘मेरो बिचारमा यो सबै प्रकरणको अनुसन्धान गरेर सत्यतथ्य बाहिर ल्याउनु पर्छ । लेखा समितिले अध्ययन गर्ला पनि ।’

मिश्र उक्त प्रकरणमा बाँस्कोटासँगै सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक विकल पौडेललाई पनि मुच्छन् । गोकुल बाँस्कोटा मन्त्री बनेर आउनु अगाडि नै पौडेलले सुरक्षण मुद्रण खरिद प्रक्रियामा भ्रष्टाचारको शुरुवात गरिसकेको उनको दाबी छ ।

यद्यपि पछिल्लो पटक मिश्रले आफ्ना केही ‘बोली’हरु फेरेका छन् । अडियो सार्वजनिक गर्दा र गरेको दोस्रो दिन (बिहीबार)सम्म मिश्रले उक्त अडियो आफूले पहिले नै प्रधानमन्त्री ओलीलाई पनि सुनाएको बताएका थिए । मिश्रकै भनाइ ‘कोड’ गरेर केही सञ्चारमाध्यममाले प्रधानमन्त्री ओलीले ‘२ महिना अगाडि नै अडियो सुनेको’ भन्दै समाचार पनि प्रकाशन गरेका थिए ।

तर, पछिल्लो समय भने बोली फेर्दै मिश्र भन्न थालेका छन्– ‘मैले प्रधानमन्त्रीलाई यो रेकर्ड दिएको छैन । कोहीमार्फत पाउनुभयो भने मलाई थाहा छैन ।’

निवर्तमान मन्त्री बाँस्कोटा र मिश्रबीच भएको कुराकानीको अडियो क्लिप ;

 

प्रकाशित मिति : ११ फाल्गुन २०७६, आइतबार  १ : ०९ बजे

राष्ट्रपति पौडेलद्वारा सेतो मच्छिन्द्रनाथको दर्शन

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आज सेतो मच्छिन्द्रनाथको दर्शन गर्नुभई

वनलाई हात्तीमैत्री बनाउनुपर्छ : राजेन्द्र लिङ्देन

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले वन क्षेत्रलाई

स्थानीयस्तरबाट खेलाडी तयार गर्न राज्यले विशेष ध्यान दिनु आवश्यक छ : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले खेलकुदका माध्यमबाट देशलाई विश्वमाझ चिनाउन

देशैभर पुग्यो पाठ्यपुस्तक

भक्तपुर – जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले देशभर पाठ्यपुस्तक पुर्‍याएको

सुनिलको शानदार शतक, राजस्थानलाई विशाल लक्ष्य

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा कोलकाता नाइट राइडर्सले