कोरोना भाइरस : ईपीएस मार्फत कोरिया जाने तयारीमा रहेका नेपालीको उडान रोकियो | Khabarhub Khabarhub

कोरोना भाइरस : ईपीएस मार्फत कोरिया जाने तयारीमा रहेका नेपालीको उडान रोकियो


११ फाल्गुन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– दक्षिण कोरियामा कोरोना भाइरसको संक्रमण बढेपछि ईपिएस मार्फत यसै हप्ता कोरिया जान तयार भएका नेपालीको उडान रोकिने भएको छ ।

यसै हप्ताका लागि कोरियाको उडान तोकिएका करिब ५० जना नेपालीको उडान मार्च तेस्रो सातासम्मका लागि स्थगित गरिएको हो ।

ईपिएस कोरिया शाखा प्रमुख कृष्ण खनालका अनुसार ईपीएस मार्फत कोरिया जान लागेका करिब ५० जनाको उडान मार्च तेस्रो सातासम्मका लागि स्थगित भएको हो । १९ गते एउटा ग्रुप कोरिया जाँदै थियो ।

रोष्टरमा नाम आई सम्पूर्ण प्रक्रिया पूरा गरि कोरिया जाने अन्तिम तयारीमा रहेका नेपालीको उडान तत्काललाई स्थगित हुने अवस्था देखिएको उनले बताए ।

केही दिन यता दक्षिण कोरियामा कोरोना भइरसको संक्रमण बढ्न थालेको छ ।

शनिवारसम्ममा करिब साढे चार सयमा संक्रमण देखिएको समाचारहरु सार्वजनिक भएका छन् । यससँगै रोजगारका लागि कोरिया गएका करिब ४० हजार नेपाली जोखिममा परेका छन्।

हाल दक्षिण कोरियामा कोरोनाभाइरसको कारण २ जानाको मृत्यु भइसकेको छ भने ४ सय ४३ जनामा संक्रमण फैलिएको छ ।

चीनमा अहिलेसम्म ७६ हजार २८८ जनामा संक्रमण पुष्टि भएको र दुई हजार ३ सय ४५ जनाको मृत्यु भइसकेको छ ।

प्रकाशित मिति : ११ फाल्गुन २०७६, आइतबार  १२ : ४३ बजे

युक्रेन र रुसबीचको हवाइ आक्रमणमा सर्वसाधारणको मृत्यु

किएभ– युक्रेनले शनिबार बिहानै रूसतर्फ ड्रोन आक्रमण गरेको र आक्रमणका

भोजपुर गोल्डकपको तयारी पूरा

भोजपुर– भोजपुरमा आइतबारबाट सञ्चालन हुने सातौँ अन्तर्राष्ट्रिय आमन्त्रित मेयर भोजपुर

आगोको झिल्का सल्केर घरमा आगलागी

बैसाखे– पर्साको जिल्लाको छिपहरमाई गाउँपालिकामा –१ भलुवहिया टोलमा आज दिउँसो

झुलाघाट नाका पुनः सञ्चालनमा

बैतडी– भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका पुनः सञ्चालनमा आएको

नयाँ वित्तीय साधनका लागि विश्व बैंकलाई ११ अर्ब अमेरिकी डलर कोष प्राप्त

वासिङ्टन– विश्व बैंकले ऋण क्षमता अभिवृद्धि तथा साझा विश्वव्यापी चुनौतीहरूको