चीनबाहिर पनि कोरोना भाइरसको महामारी, इटालीका १२ शहरमा आवतजावत प्रतिबन्ध | Khabarhub Khabarhub

चीनबाहिर पनि कोरोना भाइरसको महामारी, इटालीका १२ शहरमा आवतजावत प्रतिबन्ध

कोरियामा संक्रमितको संख्या दोब्बर


११ फाल्गुन २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

 काठमाडौं –  कोरोना भाइरस अर्थात कोभिड – १९ को प्रभाव चीनमा कम हुँदै गएको बताइरहँदा चीन बाहिर यसले महामारीको रुप लिएको छ ।

दक्षिण कोरियामा एकै दिनमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएका मानिसको सङ्ख्या दोब्बर बढेको छ भने इटालीमा समेत ७९ जनामा कोरोनाको संक्रमण देखिएपछि आवातजावत नै बन्दको घोषणा गरिएको छ ।

कोरोना भाइरसकै कारणा दुई जना इटालीयन नागरिकहरूको ज्यान गइसकेको छ । प्रकोप फैलने त्रासले इटालीका उत्तरी क्षेत्रका लोम्बार्डी र भेनेटोका १२ वटा शहरहरूमा आवातजावत नै प्रतिबन्ध लगाइएको छ ।

कोभिड-१९ का बिरामीहरू बढ्दै गएपछि शनिवार रातीदेखि नै आपतकाल योजना अन्तरगत एक दर्जन शहरहरु क्वारन्टीनको अवस्थामा राखिने निर्णय भएको इटालीका प्रधानमन्त्री जुजेपे कोन्टेले बताएका छन् ।

इटालीका प्रधानमन्त्री जुजेपे कोन्टेसहितका सरकारी अधिकारी । तस्वीरः इपीए

तत्काललाई आवातजावतमा नै प्रतिबन्ध लगाएपछि करिव ५० हजार मानिसहरू घरभित्रै बस्न बाध्य भएका छन् ।

कोरोनाकै त्रास फैलिएपछि इटालियन सिरिएका तीन वटा खेलसमेत रद्द भएका छन ।

दक्षिण कोरियामा संक्रमितको संख्या दोब्बरले बृद्धि

दक्षिण कोरियामा एकै दिनमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएका मानिसको सङ्ख्या दोब्बरले बढेको छ ।

शुक्रवार यता अरु २ सय २९ जनामा कोरोना भाइरसको सङ्क्रमण भएपछि संक्रमितको संख्या ४ सय ३३ पुगेको छ ।

चेओङ्डोको एक धार्मिक समूहका सदस्यहरुमा पनि कोरोनाको संक्रमण भएको आशंका गरिएको छ । उनिहरुमा कोरोनाकै संक्रमण भएको पुष्टि भएमा अरु ९ हजार जना कोरोना संक्रमित एकै पटक थपिनेछन् ।

तस्वीरः इपीए

दक्षिण कोरियामा पनि कोरोनाका कारण अहिलेसम्म दुई जनाको मृत्यु भइसकेको छ । संक्रमितको संख्या बढेसँगै जोखिम बढेको छ ।

चीनमा झण्डै दुई महिनादेखि महामारी नियन्त्रणमा नआइरहेका बेला अस्वभाविक रुपमा कोरोना संक्रमितको संख्यामा बृद्धि भएपछि दक्षिण कोरियाका स्वास्थ्य उपमन्त्री किम गाङ-लिपले कोरोनाभाइरस प्रकोप एउटा गम्भीर चरणमा प्रवेश गरेको टिप्पणी गरेका छन्।

अधिकांश कोरोना संक्रमितहरु डाएगु र नजिकै अवस्थित चेओङ्डो क्षेत्रमा रहेकाले उक्त क्षेत्रलाई विशेष हेरचाह क्षेत्र घोषणा गरिएको छ । डाएगुमा क्षेत्रमा आवातजावत नै बन्द भएपछि सडक सुनसान देखिएको छ ।

कतिपय सैनिकहरूमा पनि कोरोना भाइरस सङ्क्रमण भएको पाइएपछि दक्षिण कोरियाले सेनालाई पनि निश्चित क्षेत्रमा मात्र सीमित गरेको बीबीसीले जनाएको छ।

कोरोना भाइरसको संक्रमण फैलिए यता चीनमा २३ सय ४५ जनाको मृत्यु भइसकेको छ भने ७६ हजार २८८ जना संक्रमित भएका छन्।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार चीनबाहिर २६ देशमा १२ सय जना भन्दा बढीमा सङ्क्रमण भएको छ भने  आठ जनाको मृत्यु भइसकेको छ ।

जापानको तटनजिकै क्वारन्टीनमा राखिएको एउटा पानीजहाजमा ६०० जनालाई पनि सङ्क्रमण भएको पुष्टि भएको छ । ४० जना अमेरिकी नागरिमा पनि कोरोनाको पुष्टि भएपछि जापानमा नै उपचारारत छन ।

कोरोनाको महामारी फैलिएपछि यसअघि स्वास्थ्य आपतकाल घोषणा गरेको डब्लूएचओले चीनसँग स्पष्ट सम्बन्ध नभएकामा पनि कोरोनाभाइरस सङ्क्रमणका घटनाको सङ्ख्या बढ्न थालेपछि चिन्ता जाहेर गरेको छ ।

 

 

प्रकाशित मिति : ११ फाल्गुन २०७६, आइतबार  ११ : ०५ बजे

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ

नक्कली शरणार्थी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)का

खेलकुद महासंघ सुनसरीको संयोजकमा पौडेल

बिराटनगर – नेपाल खेलकुद महासंघ सुनसरीको संयोजकमा बिकल पौडेल चयन