प्रिमियर लिग फुटबलः चेल्सीसँग टोटनहम पराजित  | Khabarhub Khabarhub

प्रिमियर लिग फुटबलः चेल्सीसँग टोटनहम पराजित 


११ फाल्गुन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रिमियर लिग फुटबल अन्तर्गत चेल्सीले टोटनहमलाई पराजित गरेको छ ।

शनिबार राति भएको खेलमा चेल्सीले टोटनहमलाई २–१ गोल अन्तरले पराजित गरेको हो ।

घरेलु मैदान स्टानफोर्ड ब्रिजमा चेल्सीका लागि ओलिभर जेरुड र मार्कोस अलन्सोले समान एक–एक गोल गरेका थिए ।

टोटनहमका लागि पनि चेल्सीका खेलाडी एन्टोनियो रुडीगरले आत्मघाती गोल उपहार दिए । खेलको १५ औं मिनेटमै जेरुडले गोल गर्दै चेल्सीलाई अग्रता दिलाए ।

४८ औं मिनेटमा अलन्सोले गोल गर्दै चेल्सीको अग्रता दोब्बर पारे । खेलको अन्त्यतिर रुडीगरले आत्मघाती गोल गरेका थिए ।

जितसँगै २७ खेलबाट ४४ अंक जोडेको चेल्सीले शीर्ष चारको सम्भावनालाई बलियो बनाएको छ ।

चौथो स्थानमा रहेको चेल्सीले पाँचौ स्थानमा रहेको टोटनहममाथि ४ अंकको अग्रता कायम गरेको छ । २७ खेलबाट ४० अंक रहेको टोटनहम पाँचौं स्थानमा छ ।

प्रकाशित मिति : ११ फाल्गुन २०७६, आइतबार  ७ : ०७ बजे

विराट गोल्डकपः भुटानको विजयी सुरुवात

मोरङ– विराट गोल्ड कप ट्रष्टद्वारा विराटनगरको शहीद रङ्शालामा आयोजित रात्रिकालीन

यस्तो छ आजको मौसम 

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार

बिहीबार वर्षाले अवरुद्ध नेपाल र आयरल्याण्ड ‘ए’को सिरिज आजदेखि

काठमाडौं – बिहीबारदेखि हुने भनेको नेपाल र आयरल्याण्ड ‘ए’को टी-२०

चर्च ब्वाइज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै

धरान– इटहरीमा जारी १४ औँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण कन्ट्रोल इटहरी

अध्ययन भन्छ- राति सुत्ने बेलामा भित्री वस्त्र नलगाउनुस्

प्रायः महिलाहरू राती भित्री वस्त्र लगाएर सुत्छन्। तर सामान्यतया रातमा