जातीय संहार रोक्न म्यानमारलाई राष्ट्रसंघीय उच्च अदालतको आदेश | Khabarhub Khabarhub

जातीय संहार रोक्न म्यानमारलाई राष्ट्रसंघीय उच्च अदालतको आदेश


९ माघ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- संयुक्त राष्ट्रसंघको उच्च अदालतले जातिय संहार तत्काल रोक्न म्यानमारलाई आदेश दिएको छ ।

बौद्ध देशको अल्पसंख्यक रोहिङ्ग्या मुस्लीम समुदायमाथि भएको ज्यादती तत्काल रोक्न अदालतले बिहीबार आदेश दिएको राष्ट्रसंघीय अधिकारीले जनाएका छन् ।

सन् २०१७ देखि म्यानमारमा भएको रोहिंङ्ग्या विरुद्धको हिंसाको बारेमा राष्ट्रसंघको उच्च अदालतले पहिलो पटक आदेश दिएको हो ।

सरकारी पक्षले गरेको हिंसाका कारण झण्डै सात लाख ४० हजार रोहिङ्ग्या समुदायका बासिन्दा विस्थापित भएर छिमेकी मुलुक बङ्लादेश पुगेका छन् ।

हेगस्थित अन्तर्राष्ट्रिय अदालतले म्यानमारमा भएको घटनालाई गम्भीर रूपमा लिइएको पनि जनाएको छ ।

विषेश गरेर गाम्बीयाको नेतृत्वमा रहेको मुस्लीम अफ्रिकी देशहरूले सन् १९४८ मा बनाएको जातीय संहारसम्वन्धी घोषणापत्रलाई आधार मानेर अन्तराष्ट्रिय अदालतले आदेश दिएको हो ।

इजलासको अध्यक्षता गरेका न्यायाधीश अब्दुलक्वावी महमद युसुफले घोषणापत्र अनुसारका सवै व्यवस्था म्यानमारले कार्यान्वयन गर्नै पर्ने बताए ।

पीडित समुदायका मारिएका व्यक्तिहरू, घाइते तथा अन्य शारीरिक पिडामा परेकाहरूको बारेमा पनि अदालतले चिन्ता जनाएको छ ।

उनले भने, ‘यस बारेमा अदालतको धारणा यस्तो छ की म्यानमारमा रोहिङ्ग्या समुदायका व्यक्तिहरुमाथि अति नै धेरै आघात हुने काम भएको छ।’

अदालतले उनीहरुमाथि भएको व्यवहारका बारेमा सुरुमा अहिले चार महिनाभित्रमा र त्यसपछि हरेक छ महिनामा प्रतिवेदन पेश गर्न पनि म्यानमारलाई आदेश दिएको छ ।

घटनाका बारेमा अदालतमा उजुरी दिएको गाम्बियाले अल्पत्र परेर रोकिएको यससम्वन्धी मुद्दाको बारेमा छानविन गर्न पनि माग गरेको छ ।

प्रकाशित मिति : ९ माघ २०७६, बिहीबार  ९ : ४८ बजे

लहानको खुट्टीखोलामा घाट निर्माण

सिरहा– सिरहाको लहान नगरपालिका–४ स्थित खुट्टीखोला किनारमा सुविधासम्पन्न घाट निर्माण

अतिक्रमित जग्गा फिर्ता ल्याउने कामलाई तीव्रता दिन गृहको निर्देशन

काठमाडौँ– गृह मन्त्रालयले अतिक्रमित सार्वजनिक तथा सरकारी जग्गा साविककै अवस्थामा

एक वर्षमा ३१ हजार विदेशी पर्यटक घोडेपानीमा

म्याग्दी– विसं २०८० मा ३१ हजारभन्दा बढी विदेशी पर्यटकले म्याग्दीको

चिनियाँ आइफोनमा ह्वाट्स एप र थ्रेड्स प्रतिबन्ध

बेइजिङ– एप्पल कम्पनीले चीनमा रहेको आफ्नो एप्पल एप स्टोरबाट मेटाका

६८ लाखको लागतमा प्रशासनिक भवन निर्माण

टीकापुर– टीकापुर नगरपालिका– ७ को प्रशासनिक भवन ६८ लाख रुपैयाँको