‘कोरोना भाइरस’ नेपालमा हालसम्म नदेखिए पनि सतर्कता अपनाउन आग्रह | Khabarhub Khabarhub

‘कोरोना भाइरस’ नेपालमा हालसम्म नदेखिए पनि सतर्कता अपनाउन आग्रह


९ माघ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा हालसम्म ‘कोरोना भाइरस’ नदेखिएको जनाउँदै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा ‘कोरोना भाइरस’ देखा परेमा कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा छलफल भएको हो ।

छलफलपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थालमा रहेको हेल्प डेस्कलाई थप प्रभावकारी बनाउने निर्णय भएको शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका निर्देशक डा. वासुदेव पाण्डेले जानकारी दिए ।

उनले ‘कारोना भाइरस’ भएको शङ्का लाग्नेबित्तिकै विशेष एम्बुलेन्समार्फत अस्पतालसम्म पुर्‍याउने व्यवस्थासमेत गर्न लागिएको बताए ।

उनले शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकु, प्रहरी अस्पताल, पाटन हस्पिटल, टिचिङ हस्पिटल लगायतका अस्पतालहरुमा उपचार गर्न सकिने बताए ।

‘कोरोना भाइरस’ लागेमा रुघा लाग्ने, ज्वरो आउने, कतिपयलाई निमोनिया हुने लगायतका लक्षणहरु देखापर्ने गर्छ ।

चीनबाट शुरु भएको ‘कोरोना भाइरस’ जापान, दक्षिण कोरिया, थाइल्याण्ड, हङ्कङ, ताइवान, अमेरिका, अष्ट्रेलिया लगायतका मुलुकमा फैलिएको छ ।

प्रकाशित मिति : ९ माघ २०७६, बिहीबार  ९ : ०९ बजे

हिमालयन हाइड्रो एक्स्पो भोलिदेखि, अडानी पनि सहभागी हुने

काठमाडौं । हिमालयन हाइड्रो एक्स्पो भोलि (बैशाख १२) देखि शुरु

जनकपुरको गेस्टहाउसमा युवा-युवती मृत भेटिए, नाबालिका जीवितै

जनकपुरको एक गेस्ट हाउसमा झुन्डिएको अवस्थामा महिला र पुरुषको शव

कतारका अमिर थानी काठमाडौं आइपुगे

काठमाडौं– कतारका अमिर शेख तमिम बिन हमाद अल थानी दुईदिने

सुदूरपश्चिममा रासायनिक मलको अभाव नहुने

गोदावरी– कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय धनगढीले यस वर्ष

डेभलपमेण्ट बैंकर्स एशोसिएसनको सीईओमा मन्जिला नियुक्त

काठमाडौं – विकास बैंकहरूको छाता संस्था डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपालले