राष्ट्रियसभा चुनावः प्रदेश २ को परिणाम, को को विजयी भए ? | Khabarhub Khabarhub

राष्ट्रियसभा चुनावः प्रदेश २ को परिणाम, को को विजयी भए ?


९ माघ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुर– राष्ट्रियसभा चुनाव अन्तर्गत प्रदेश २ को सम्पूर्ण मत परिणाम सार्वजनिक भएको छ ।

मत परिणाम अनुसार सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय जनता पार्टी (राजपा) गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।

अल्पसंख्यकतर्फ राजपाका शेखरकुमार सिंह विजयी भए । उनले नेपाली कांग्रेसका उमेदवार भोला पञ्‍जियारलाई पराजित गरेका हुन् ।

शेखरकुमारले स्थानीयतर्फ स्थानीतर्फ १५१ मत प्रदेशतर्फ ५८ मत गरी कुल ५५०२ मतभार प्राप्त गरेका हुन् ।

प्रदेश २ कै अन्य समूहबाट राष्ट्रियसभामा मृगेन्द्र सिंह यादव निर्वाचित भए । राजपाबाट उम्मेदवारी दिएका मृगेन्द्र सिंहले आफ्नै भाइ समाजवादी पार्टीका उम्मेदवार अनिरुद्ध सिंहलाई पराजित गरेका हुन्।

मृगेन्द्र सिंहले ५ हजार ४ सय र अनिरुद्रले ४ हजार ५ सय १२ मतभार पाए । प्रदेश २ मा राजपा र नेकपा तथा नेपाली कांग्रेस र समाजवादी पार्टी मिलेर चुनावी प्रतिस्पर्धा गरेका थिए ।

नेकपा-राजपा गठबन्धनकै महिला उम्मेदवार तुलसा दाहाल र दलित उम्मेदवार राधेश्याम पासवान विजयी भएका छन् ।

प्रकाशित मिति : ९ माघ २०७६, बिहीबार  ७ : ३८ बजे

परीक्षा बोर्डले रद्द गर्‍यो एसईईको अनुगमन अनुमतिपत्र

काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) सम्बन्धमा

चितवनमा बढे बैंकिङ कसुरका उजुरी

चितवन – जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक वर्षको ९

कपनबाट पेस्तोलसहित एकजना पक्राउ

काठमाडौं – नेपाल प्रहरीले कपन क्षेत्रबाट पेस्तोलसहित एकजनालाई पक्राउ गरेको

आरल्याण्ड ए ले दियो नेपाल ए लाई विशाल लक्ष्य

काठमाडौं – पहिलो टी–२० खेलमा आयरल्याण्ड ए ले नेपाल ए

‘पशुपतिप्रसाद’का हनुमानको लहड : प्रेमिकाको आमाको गहना बन्धकी राखेर फिल्ममा लगानी

काठमाडौं – जुन फिल्ममा मुख छोपेर अभिनय गरे रवीन्द्र यही