सिद्धबाबालाई पुर्पक्षकालागि थुनामा राख्न आदेश | Khabarhub Khabarhub

सिद्धबाबालाई पुर्पक्षकालागि थुनामा राख्न आदेश


९ माघ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर- ‘सिद्धबाबा’ भनिने कृष्णबहादुर गिरीलाई पुर्पक्षका लागि थुनामा राख्न उच्च अदालत विराटनगरले आदेश दिएको छ।

मुख्य न्यायाधीश तीलप्रसाद श्रेष्ठ र प्रेमराज कार्कीको संयुक्त इजलासले सुनसरी अदालतको आदेश बदर गर्दै पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो ।

महिला अनुयायीलाई बलात्कार गरेको अभियोगमा जिल्ला अदालतबाट धरौटीमा छुटेका थिए।

जिल्ला अदालत सुनसरीले गिरीलाई धरौटीमा छोड्न दिएको आदेशविरुद्ध जिल्ला सरकारी वकिलको कार्यालय सुनसरीले उच्च अदालत विराटनगरमा निवेदन दिएको थियो।

बलात्कारको आरोप लागेका सिद्धबाबा भने भारततर्फ ‘भागेका’ छन् । सुरक्षाका लागि सरकारले खटाएका प्रहरीलाई फिर्ता पठाएर गिरी जोगबनी नाका हुँदै भारततर्फ भागेका हुन् ।

प्रकाशित मिति : ९ माघ २०७६, बिहीबार  ६ : १३ बजे

१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण

भक्तपुर । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले स्थापनाको १२ वर्षमा

भूक्षयबाट जोगाउन सनवोरामा जैविक तटबन्ध

कञ्चनपुर । भूक्षयबाट जोगाउन कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा रहेको सनवोरा नदीमा

कतारसँग नेपालको व्यापार : सानो तर सधैँ घाटामा

काठमाडौं – अन्तरदेशीय व्यापारमध्ये कतारसँग नेपालको व्यापार हिस्सा सानो परिमाणमा

‘भाइरल गोर्खे’ को छायांकन सुरु

काठमाडौं । फिल्म ‘भाइरल गोर्खे’को छायांकन लमजुङबाट सुरु गरिएको छ

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत

काठमाडौं । आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल सरकारले विभिन्न