एपीएफलाई हराउँदै जावलाखेल शीर्ष पाँचमा उक्लियो | Khabarhub Khabarhub

एपीएफलाई हराउँदै जावलाखेल शीर्ष पाँचमा उक्लियो


९ माघ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – जावलाखेल युवा क्लब सशस्त्र प्रहरी बलको एपीएफ क्लबलाई पराजित गर्दै सहिद स्मारक ए डिभिजन लिगको पाँचौ स्थानमा उक्लिएको छ ।

बिहीबार दशरथ रंगशालामा भएको खेलमा जावलाखेलले एपीएफलाई १–० गोल अन्तरले पराजित गरेको हो ।

जावलाखेल र एपीएफबीचको खेल पहिलो हाफमा गोलरहित बराबरी भएको थियो । खेलको ५७ औं मिनेटमा जावलाखेलका गोलकिपर टेकेन्द्र थापाले रातो कार्ड खाएका थिए । ५७ औं मिनेटमा १० खेलाडीमा सिमित भएको जावलाखेलविरुद्ध एपीएफले भने सुविधा लिन सकेन ।

तर, खेलको ७१ औं मिनेटमा अफ्रिकन खेलाडी फोफानेले गोल गर्दै एपीएफविरुद्ध क्लबलाई जित दिलाएका थिए ।

जीतसँगै जावलाखले १२ अंकसहित पाँचौ स्थानमा उक्लिएको छ । पराजित एपीएफ भने रेलिगेसन जोनमा छ । ८ खेल खेलिसकेको एपीएफले मात्रै ५ अंक जोड्दै अंक तालिकाको पुछारबाट दोस्रो स्थानमा उक्लिएको छ ।

प्रकाशित मिति : ९ माघ २०७६, बिहीबार  ५ : २९ बजे

बोक्सीको घरको प्रिमियर सम्पन्न

काठमाडौं – शुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सी’को

आगोले पाइप जलेपछि खानेपानीको समस्या

स्याङ्जा – वनमा लागेको आगोले पाइप जलेपछि गाउँमा खानेपानीको समस्या

मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रण

जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आज दिउँसो लागेको

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा

प्रहरीद्वारा १६ लाख बराबरको सामान बरामद

कञ्चनपुर । कञ्चनपुरमा भारतबाट भन्सार छली गरी ल्याएको रु १६