थ्री स्टारको अंक तालिकामा सुधार, लिगमा सय गोल पूरा | Khabarhub Khabarhub

थ्री स्टारको अंक तालिकामा सुधार, लिगमा सय गोल पूरा


९ माघ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– हिमालयन शेर्पालाई पराजित गर्दै थ्रीस्टार क्लब शहीद स्मारक ए डिभिजन लिगको शीर्ष तेस्रो स्थानमा उक्लिएको छ ।

बिहीबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा शेर्पालाई ३–१ गोल अन्तरले पराजित गर्दै १४ अंकसहित थ्रीस्टार तेस्रो स्थानमा उक्लिएको हो । यसअघि थ्रीस्टार ७ खेलबाट ११ अंकसहित लिगको पाँचौ स्थानमा रहेको थियो ।

हिमालयन शेर्पालाई पराजित गर्न थ्रीस्टारका सुनिल राईले खेलको छैठौं मिनेटमा गोल गरे । खेलको पहिलो हाफको अतिरिक्त समयमा भने हिमालयन शेर्पाका स्टेफेन समिर देयुबेनीले गरे । देयुबेनीको गोलमा खेल १–१ बराबरी भएको थियो । तर, त्यसको १ मिनेट नवित्दै तत्काल थ्रीस्टारका लागि सञ्जोग राईले गोल पुन एक गोल थप्दै पहिलो हाफमा टीमलाई २–१ गोलको अग्रता दिलाएका थिए ।

सञ्जोगको उक्त गोल ए डिभिजन लिगको सयौं गोल हो । यस सिजनमा आठौं चरणको दोस्रो खेलमा आएर सय गोल पूरा भएको छ ।

२–१ गोलले अगाडि रहेको थ्रीस्टारका लागि ५० औं मिनेटमा ओसियु ओलान्दीरान हजमातले गोल गरेका थिए । उनले ५० औं मिनेटमा गरेको गोल नै थ्रीस्टारको जीतका लागि निर्णायक बन्यो ।

जीतसँगै थ्रीस्टार माथि उक्लिँदा शेर्पा भने ७ अंकसहित ११ औं स्थानमा छ ।

प्रकाशित मिति : ९ माघ २०७६, बिहीबार  ५ : ०७ बजे

खाना तथा खाजा खाएपछि सुप किन खाइन्छ ?

काठमाडौं– प्रायः हामी खाना खाइसकेपछि सुप चपाउने गर्छौं । न

लगानी सम्मेलन : केही अनुत्तरित प्रश्न

सरकारले ०८१ वैशाख १६ र १७ गते २ दिन अन्तरराष्ट्रिय

चित्रकलामा भविष्य खोजिरहेकी निर्मला

कञ्चनपुर– कञ्चनपुरकी कृष्णपुर नगरपालिका–१ सुन्दरीफाँटाकी २४ वर्षीया निर्मला चौधरी स्नातक

१६ औं योजना : महिला तथा बालबालिका कति प्राथमिकतामा ?

काठमाडौं – राष्ट्रिय योजना आयोग १६औं आवधिक योजना सार्वजनिक गर्ने

शनिबारदेखि कीर्तिपुरमा नेपाल र वेस्ट इन्डिजको सिरिज

काठमाडौं – नेपाल र वेस्ट इन्डिज ‘ए’ बिच शनिबारदेखि कीर्तिपुरस्थित