काष्ठमण्डप पुनर्निर्माण महानगरपालिकाद्वारा गर्न थप ५ करोड हस्तान्तरण | Khabarhub Khabarhub

काष्ठमण्डप पुनर्निर्माण महानगरपालिकाद्वारा गर्न थप ५ करोड हस्तान्तरण


९ माघ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काष्ठमण्डप पुनर्निर्माणका लागि काठमाडौं महानगरपालिकाले थप ५ करोड हस्तान्तरण गरेको छ ।

महानगरले बुधबार आयोजित एक कार्यक्रममा काष्ठमण्डप पुनः निर्माण समितिलाई रकम हस्तान्तरण गरेको हो । महानगरप्रमुख विद्यासुन्दर शाक्यले पुनर्निर्माण समितिका अध्यक्ष राजेश शाक्यलाई रकम हस्तान्तरण गरेका हुन् ।

३१ वैशाख २०७५ मा काष्ठमण्डप पुनर्निर्माण समितिका अध्यक्ष तथा प्रदेशसभा सदस्य राजेश शाक्यले संयुक्त रूपमा क्षमापूजा गरेर पुनः निर्माणको काम शुभारम्भ गरेका थिए ।

शुभारम्भ भएसगै काष्ठमाण्डप पुनर्निर्माणको थालनी गर्दा कामपाले ५० लाख रूपयाँ हस्तान्तरण गरेको थियो ।

त्यस्तै महानगरले २०७६ मा थप ५ करोड रकम हस्तान्तरण गरेको थियो ।

हालसम्म १० करोड ५० लाख रुपैयाँ काष्ठमण्डप पुनः निर्माणका लागि हस्तान्तरण गरिसकेको छ । काष्ठमाण्डप पुनर्निर्माण गर्न अनुमानित १८ करोड लाग्ने अनुमान छ । काष्ठमण्डपको पुननिर्माण महानगरले आफ्नै खर्चमा सम्पन्न गर्ने बताउँदै आएको छ ।

कामपाका मेयर शाक्यले भने, ‘आफ्नै खर्चमा सम्पन्न गर्छौं ,कसैसँग सहयोग माग्दैनौँ । भौतिक रूपमा देखिने प्रगति अबको प्रतीक्षा हो’ मेयर शाक्यले थपे, ‘हाम्रै कार्यकालमा सम्पुर्ण सम्पदाहरु पुनर्निर्माण सक्नेछौ ।’

प्रकाशित मिति : ९ माघ २०७६, बिहीबार  ४ : ३४ बजे

मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रण

जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आज दिउँसो लागेको

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा

प्रहरीद्वारा १६ लाख बराबरको सामान बरामद

कञ्चनपुर । कञ्चनपुरमा भारतबाट भन्सार छली गरी ल्याएको रु १६

दिल्लीद्वारा गुजरातलाई २२५ रनको लक्ष्य प्रस्तुत

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)मा दिल्ली क्यापिटल्सले गुजरात टाइटन्सलाई

भोजपुर गोल्डकप : चर्च ब्वाइज सेमिफाइनलमा

भोजपुर । भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रित मेयर भोजपुर