युभेन्ट्स कोपा इटालीयाको सेमिफाइनलमा | Khabarhub Khabarhub

युभेन्ट्स कोपा इटालीयाको सेमिफाइनलमा


९ माघ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – रोमालाई पराजित गर्दै युभेन्ट्स कोपा इटालीयामा सेमिफाइनलमा प्रवेश गरेको छ। बिहीबार बिहान भएको खेलमा युभेन्ट्सले रोमालाई ३–१ गोल अन्तरले पराजित गरेको हो ।

युभेन्ट्सका लागि स्टार खेलाडी क्रिष्टीयानो रोनाल्डा, रोड्रिगो बेन्टेनक्युर र लियोनार्दो बोनुकीले समान एक–एक गोल गरे ।

युभेन्ट्सका लागि खेलको २६ औं मिनेटमा रोनाल्डोले गरेको गोल उनले क्लबका लागि पछिल्ला १० खेलमा गरेको १३ औं गोल हो ।

१–० गोलले अघि रहेको युधेन्ट्सका लागि बेन्टेनक्युरले ३८ औं मिनेटमा र बोनुकीले पहिलो हाफको अतिरिक्त समेयमा गोल गर्दै टीमलाई ३–० गोलको अग्रता दिलाएका थिए ।

३–० गोलले पहिलो हाफमा पछि परेको रोमाका लागि युभेन्ट्सका गोलकिपरले रोमाका केन्गिजको प्रहार बारमा लाग्दै बाउन्स भएको बल रोक्न खोज्दा गोल भएको थियो । यो उपहार गोल बाहेक रोमाले गोल फर्काउन भने सकेन ।

प्रकाशित मिति : ९ माघ २०७६, बिहीबार  ८ : २३ बजे

आईपिएल : पञ्जाबमाथि मुम्बई ९ रनले विजयी

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

भेरी करिडोरमा तल्लुको पुल अन्तिम चरणमा

काँक्रेविहार– भेरी करिडोर सडक आयोजनाअन्तर्गत तल्लुस्थित भेरी नदीमा भेरी करिडोरमा

कुन भिटामिनको कमीले अत्यधिक निद्रा लाग्छ ?

 शरीरमा भिटामिन र मिनरल्सको उचित सन्तुलन नहुँदा यसले सम्पूर्ण शरीरमा

आजको मौसम : चार प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं– हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु र बिहार आसपासमा

एसीसी प्रिमियर कप : सेमिफाइनलमा यूएईविरुद्ध भिड्दै नेपाल

काठमाडौं – एसीसी प्रिमियर कपको सेमिफाइनलमा नेपाल आज यूएईसँग भिड्दैछ।