माैसमः पूर्वी पहाडी भूभागमा आंशिक बदली रहने, तराईमा हुस्सु र कुहिरो (तीन दिनको अवस्थासहित) | Khabarhub Khabarhub

माैसमः पूर्वी पहाडी भूभागमा आंशिक बदली रहने, तराईमा हुस्सु र कुहिरो (तीन दिनको अवस्थासहित)


९ माघ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- जल तथा माैसम पूर्वानुमान महाशाखाले हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली सक्रिय नरहेको जनाएको छ ।

आगामी तीन दिनको मौसमको अवस्थाबारे जानकारी दिँदै महाशाखाले आज मुलुकका पूर्वी पहाडी भूभागमा आंशिक बदली रहने तथा तराईमा हुस्सु र कुहिरोको सम्भावना रहने जनाएको हो ।

वहाल देशका तराई भू-भागहरुमा हुस्सु/कुहिरो लागेको र बाकी स्थानहरुमा मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

माघ ९ गते (बिहिबार)

दिउँसो : देशको पुर्वी पहाडी भूभागमा आंशिक बदली रही मध्य र पश्चिमी पहाडी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। देशका तराईका भू-भागमा हुस्सु/कुहिरो रहनेछ।

रातिः देशको पुर्वी पहाडी भूभागमा आंशिक रहनेछ बाँकि स्थानमा मौसम सामान्यतया सफा रहनेछ ।

माघ १० गते (शुक्रबार)

दिउँसो : देशको पुर्वी पहाडी भूभागमा आंशिक देखि सामान्य बदली र मध्य तथा पश्चिमी पाहाडी भू-भागमा आंशिक बादली रही बाँकि स्थानमा मौसम सामान्यतया सफा रहनेछ ।

रातिः देशको पुर्वी पहाडी भूभागमा आंशिक देखि सामान्य बदली र मध्य तथा पश्चिमी पाहाडी भू-भागमा आंशिक बादली रही बाँकि स्थानमा मौसम सामान्यतया सफा रहनेछ ।

माघ ११ गते (शनिबार)

दिउँसो : देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकि स्थानमा आंशिक बादली रहनेछ ।

रातिः देशको पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकि स्थानमा आंशिक बादली रहनेछ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श

तराईका अधिकांश भू-भागमा हुस्सु/कुहिरो रहने र ती स्थानमा घाम राम्रोसँग नलाग्ने भएकोले चिसोबाट बच्ने उपाय अपनाउनु हुन सबैमा महाशाखाले अनुरोध गरेको छ।

प्रकाशित मिति : ९ माघ २०७६, बिहीबार  ६ : २८ बजे

सभामुख घिमिरे आज स्वदेश फर्किँदै 

काठमाडौं– जेनेभामा भएको अन्तर व्यवस्थापिका संघ (आईपीयू) को १ सय

दिल्लीमाथि राजस्थान रोयल्स १२ रनले विजयी

काठमाडौं – इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले दिल्ली

निःशुल्क औषधीका नाममा नागरिकको जनस्वास्थ्यमा खेलबाड

काठमाडौं – कैलालीको लम्कीचुहा नगरपालिका ४ बलियाका ५० वर्षीय देशराम

विराट गोल्डकपः भुटानको विजयी सुरुवात

मोरङ– विराट गोल्ड कप ट्रष्टद्वारा विराटनगरको शहीद रङ्शालामा आयोजित रात्रिकालीन

यस्तो छ आजको मौसम 

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार