बालुवाटारको बैठक पार्टीको आधिकारिक बैठक होइन, गुट भेला मात्रै हो– माधव नेपाल | Khabarhub Khabarhub

बालुवाटारको बैठक पार्टीको आधिकारिक बैठक होइन, गुट भेला मात्रै हो– माधव नेपाल


७ पुस २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सत्तारूढ नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीले बोलाएको बैठकलाई गुटगट भेलाको संज्ञा दिएका छन् ।

बरिष्ठ नेता नेपालले ओली पक्षीय बैठकलाई पार्टीको आधिकारिक बैठक नभएको जिकिर गरेका छन् ।

आज बबरमहलस्थित कार्की बैङ्क्वेटमा बसेको नेपाल-दाहाल पक्षीय स्थायी कमिटी बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै बालुवाटार बैठक गुटगत भेला भएको बताए ।

Image may contain: 1 person

उनले अहिले पार्टी नफूट्ने पनि दावी गरे । पार्टी अब एकजुट भएर अघि बढ्ने नेता नेपालको विश्वास छ ।

नेपाल-दाहाल पक्षको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाएर उनको ठाउँमा माधव नेपाललाई अध्यक्ष बनाउने निर्णय समेत गरेको छ । दाहाल र नेपालले पालैपालो अध्यक्षता गर्ने प्रस्ताव गरिएको बैठकमा सहभागी एक नेताले बताए ।

प्रकाशित मिति : ७ पुस २०७७, मंगलबार  २ : ४२ बजे

घरबास सञ्चालनबाट आत्मनिर्भर नवलपुरका महिला

त्रिवेणी– नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोती–१० निवासी बालकुमारी महतोलाई अहिले

नेपाली सेनामा विभिन्न पदका लागि दरखास्त आह्वान

काठमाडौं– नेपाली सेनाले पदपूर्तिका लागि ठूलो सङ्ख्यामा आवेदन माग गरेको छ।

इजरायल–इरानबीच तनाब बढ्यो : इरानमाथि आक्रमण सुरु

काठमाडौं– पछिल्लो साता अरबका दुई मुलुक इजरायल र इरानबीच तनाव

बेनीमा कृषि बजारको भवन निर्माण सुरु

म्याग्दी– जिल्लाको सदरमुकाम बेनी बजारमा कृषि बजार निर्माण निर्माण सुरु

खेलकुद परिषद्को सर्कुलरले हच्किए सङ्घ अध्यक्ष

काठमाडौं – शनिबार ललितपुर सातदोबाटोमा नेपाल पौडी सङ्घको चुनावी साधारण