देशमा उत्पन्न संवैधानिक संकटबारे पार्टी नेता र कानुनविदसँग डा कोइरालाले गरे छलफल | Khabarhub Khabarhub

देशमा उत्पन्न संवैधानिक संकटबारे पार्टी नेता र कानुनविदसँग डा कोइरालाले गरे छलफल


७ पुस २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले देशमा उत्पन्न पछिल्लो राजनीतिक अवस्था र संवैधानिक संकटका विषयमा नेता तथा कानुनविदहरुसँग छलफल गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद अन्तर्गतको प्रतिनिधिसभा विघटनको घोषणा गरेपछि उत्पन्न परिस्थितिका विषयमा कोइरालाले नेता तथा कानुनविदहरुसँग छलफल गरेका हुन् ।

छलफलमा कांग्रेस केन्द्रीय सदस्यहरु दीपक गिरी, रामकृष्ण यादव, गगन थापा, बद्री पाण्डे र जीवन परियार सहभागी थिए ।

त्यस्तै कानुनविदहरु राधेश्याम अधिकारी, शेरबहादुर केसी, उपेन्द्रकेशरी न्यौपाने, महादेव यादव, वसन्तराम भण्डारी, डा भीमार्जुन आचार्य, रामकृष्ण तिमल्सिना, योगेन्द्र अधिकारी, सुनील पोख्रेल र एकराज पोख्रेल सहभागी थिए ।

सरकारी कदमका विषयमा पार्टीको धारणा तय गर्दै नयाँ रणनीति बनाउन आजै कांग्रेस केन्द्रीय समितिको बैठक पनि बोलाइएको छ ।

प्रकाशित मिति : ७ पुस २०७७, मंगलबार  १० : १५ बजे

युक्रेन र रुसबीचको हवाइ आक्रमणमा सर्वसाधारणको मृत्यु

किएभ– युक्रेनले शनिबार बिहानै रूसतर्फ ड्रोन आक्रमण गरेको र आक्रमणका

भोजपुर गोल्डकपको तयारी पूरा

भोजपुर– भोजपुरमा आइतबारबाट सञ्चालन हुने सातौँ अन्तर्राष्ट्रिय आमन्त्रित मेयर भोजपुर

आगोको झिल्का सल्केर घरमा आगलागी

बैसाखे– पर्साको जिल्लाको छिपहरमाई गाउँपालिकामा –१ भलुवहिया टोलमा आज दिउँसो

झुलाघाट नाका पुनः सञ्चालनमा

बैतडी– भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका पुनः सञ्चालनमा आएको

नयाँ वित्तीय साधनका लागि विश्व बैंकलाई ११ अर्ब अमेरिकी डलर कोष प्राप्त

वासिङ्टन– विश्व बैंकले ऋण क्षमता अभिवृद्धि तथा साझा विश्वव्यापी चुनौतीहरूको