मोरङमा हातहतियार तथा गोली गठ्ठासहित शेर्पा पक्राउ | Khabarhub Khabarhub

मोरङमा हातहतियार तथा गोली गठ्ठासहित शेर्पा पक्राउ


७ मंसिर २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोरङ- मोरङमा अवैध हातहतियार र गोली गठ्ठासहित प्रहरीले  एक जनालाई पक्राउ गरेको छ ।

उर्लावारी नगरपालिका-६ बाट प्रहरीले फक्ताङलुङ गाउँपालिका-२ ताप्लेजुङका ३२ वर्षीय पेम्बा साङगे शेर्पालाई पक्राउ गरेको हो।

उक्त स्थानमा केही व्यक्तिहरु हातहतियारसहित लुकिछिपी बसिरहेको भन्ने विशेष सूचनाका आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।

शेर्पाको साथबाट ‘अटो पेस्तोल यूएसए’ लेखिएको पेस्तोल १ थान, उक्त पेस्तोलको गोली ३ राउण्ड, म्यागजिन १ थान, विभिन्न किसिमका कागजपत्र, ३ वटा मोबाइल, ब्याग ८ थान र ज्याकेट १८ थान बरामद भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ७ मंसिर २०७७, आइतबार  ६ : १३ बजे

अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा भाग लिन जाने उसु खेलाडीको बिदाई

काठमाडौं– चीनमा आयोजना हुने अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा भाग लिन २० सदस्यीय

एमाले महाधिवेसन प्रतिनिधि सम्मेलन (फोटोफिचर)

काठमाडौंं– नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक आजबाट सुरु

राष्ट्रिय महिला टिमका ६ क्रिकेटरले मलेसियामा सुपर कप खेल्ने

काठमाडौं- नेपाली राष्ट्रिय महिला क्रिकेट टिमका ६ क्रिकेटरले मलेसियाको सुपर

बाँकेमा दुई सय ६५ घरेलु उद्योग बन्द

राँझा– बाँकेमा चालु आर्थिक वर्षको नौ महिनामा दुई सय ६५