विदेश जाँदा अब सरकारी ल्याबकै पीसीआर रिपोर्ट मात्र मान्य हुने | Khabarhub Khabarhub

विदेश जाँदा अब सरकारी ल्याबकै पीसीआर रिपोर्ट मात्र मान्य हुने


७ मंसिर २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विदेश जानका लागि अब सरकारी प्रयोगशालाको पीसीआर परीक्षण रिपोर्ट मात्रै मान्य हुने भएको छ ।

निजी प्रयोगशालामा परीक्षण गरिएको पीसीआर नेगेटिभ आएपछि विदेश पुगेका कतिपयको त्यहाँ पुगेपछि पुनः परीक्षण गर्दा पोजेटिभ आएपछि सरकारले यस्तो निर्णय गरेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिस्टमको आइतबारको बैठकले विदेश उड्नका लागि सरकारी प्रयोगशालाको पीसीआर रिपोर्ट मात्रै मान्य हुने निर्णय गरेको हो।

विदेश उड्न चाहनेले सरकारी प्रयोगशालाकै पीसीआर रिपोर्ट देखाउनु पर्ने निर्णय भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले जानकारी दिए ।

केही निजी प्रयोगशालाहरूले स्वाब संकलन तथा परीक्षण नै नगरि रिपोर्ट बनाएको भन्ने खुलासा भएपछि यस विषयमा सरकारले छानविन समिति गठन गरेको थियो ।

यसैबीच मन्त्रालयले स्टार अस्पताल, सेन्ट्रल डाइनोस्टिक ल्याबोटरी, सूर्या हेल्थ केयर र ह्याम्स अस्पताललाई २४ घण्टाभित्र स्पष्टीकरण सोधेको छ।

कोभिड-१९ को पीसीआर परीक्षण गर्दा नेगेटिभ रिपोर्ट आएको एक महिना र पोजिटिभ रिपोर्ट आएमा ३ महिनासम्म नमुना स्टोर गरेर राख्ने कार्य नगरेकोले यी अस्पताललाई स्पष्टीकरण सोधेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

यी अस्पतालमा पीसीआर जाँच गरी नेगेटिभ रिपोर्ट आएपछि हङकङ, दुबई र जापान गएका व्यक्ति सम्बन्धित देशमा जाँच गर्दा पीसीआर जाँच पोजेटिभ आएको भन्दै पर्यटन मन्त्रालयले स्वास्थ्य मन्त्रालयलाई पत्राचार गरेको थियो।

उक्त पत्र आएपछि स्वास्थ्य मन्त्रालयले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका निर्देशकको नेतृत्वमा छानविन समिति गठन गरेको थियो।

उक्त समितिले दिएको प्रतिवेदनको आधारमा ती अस्पताललाई स्पटीकरण सोधिएको हो।

प्रकाशित मिति : ७ मंसिर २०७७, आइतबार  ५ : ०१ बजे

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ

नक्कली शरणार्थी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)का

खेलकुद महासंघ सुनसरीको संयोजकमा पौडेल

बिराटनगर – नेपाल खेलकुद महासंघ सुनसरीको संयोजकमा बिकल पौडेल चयन