छुट्टा छुट्टै दुर्घटनामा दुई प्रहरीसहित ६ जनाको मृत्यु | Khabarhub Khabarhub

छुट्टा छुट्टै दुर्घटनामा दुई प्रहरीसहित ६ जनाको मृत्यु


७ मंसिर २०७७, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– देशको विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा परी ६ जनाको मृत्यु भएको छ।

कञ्चनपुरको कृष्णपुर नगरपालिका-३ मा मोटरसाइकल र ट्याक्टर आपसमा ठोकिँदा एक ३५ वर्षीया ममता जोशीको मृत्यु भएको छ।

म १ प ६७६६ नम्बरको मोटरसाइकल र से १ त ९५३३ नम्बरको ट्याक्टर एकआपसमा ठक्कर खाँदा मोटरसाइकलमा सवार जोशीको मृत्यु भएको हो।

दुर्घटनामा परी उनी गम्भीर घाइते भएकी थिइन्। उनको प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो। उनी सोही ठाउँकी हुन्।

दुर्घटनामा मोटरसाइकलका चालक र अर्का एक जना घाइते भएका छन्। घाइते भएकाहरूको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। ट्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

शनिबार साँझ नै रौतहटको बौधिमाई नगरपालिका-९ मा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।

ना ६ प ७४२२ नम्बरको मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना हुँदा चालक ३५ वर्षीय प्रवीण सिंहको मृत्यु भएको हो। दुर्घटनामा परी उनी गम्भीर घाइते भएका थिए।

उनको उपचारको लागि जिल्ला अस्पताल गौरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो। उनी जिल्लाकै परोहा नगरपालिका-६ बसन्पट्टीका हुन्।

मृतक सिंह नेपाल प्रहरीको हवल्दार रहेको खुलेको छ। जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार उनी महानगरीय प्रहरी परिसर टेकुमा कार्यरत थिए।

दुर्घटनामा मोटरसाइकलमा सवार सोही स्थान बस्ने ३५ वर्षीय राकेश सिंह घाइते भएका छन्।

उनको नेशनल मेडिकल कलेज वीरगञ्जमा उपचार भइरहेको छ।

यस्तै, नवलपरासी (पश्चिम) को सुनवल नगरपालिका-७ अस्नैयामा लु ३ त ६०३९ नम्बरको ट्याक्टरबाट लडेर सात वर्षीय दीपेशबहादुर क्षेत्रीको मृत्यु भएको छ। ट्याक्टर चालक फरार छन्। प्रहरीले खोजी कार्य थालेको जनाएको छ।

यस्तै, बाराको महागढीमाई नगरपालिका-८ जोलगाभामा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा कलैया उपमहानगरपालिका-१ घर भएका २७ वर्षीय राजकिशोर साहको मृत्यु भएको छ। उनी प्रहरी चौकी खेस्रा पर्सामा कार्यरत थिए।

शनिबार नै सप्तरीको कञ्चनरुप नगरपालिका-१० मा मोटरसाइकलले सोही नगरपालिका-८ का २० वर्षीय बिर्सकुमार साहले चलाएको साइकललाई शनिबार बेलुका ठक्कर दिँदा सनाखत नभएका अन्दाजी ६० वर्षीया पुरूष र लमजुङको मध्य नेपाल नगरपालिका-६ भोर्लेटारमा ग १८ प ५८७३ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ३५ वर्षीय नवराज पौडेलको शनिबार राति मृत्यु भएको छ।

प्रकाशित मिति : ७ मंसिर २०७७, आइतबार  ३ : ३४ बजे

बनेपामा यातायात व्यवस्था कार्यालय स्थापना हुने

धुलिखेल– काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–६ बडोलस्थित नगरपालिकाको स्वामित्वमा रहेको बुडोल सपिङ

कैलालीका सात नदीमा तटबन्ध निर्माण सुरु

कैलाली– कैलालीका विभिन्न भाग भएर बग्ने सात वटा नदीमा तटबन्ध

हामीलाई कमजोर ठाने उथलपुथल हुन्छ : माधव नेपाल

रौतहट– एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले आफूहरूलाई

नौ वाणिज्य बैंक : जसको शेयर मूल्य प्रतिकित्ता दुई सय पनि पर्दैन 

काठमाडौँ– कुनै बेला शेयर बजारमा एकछत्र राज गरेका वाणिज्य बैंकहरुको

काँकरभिट्टा–लौकही सडक स्तरोन्नति

झापा– पूर्वपश्चिम राजमार्गअन्तर्गत काँकरभिट्टा–लौकही खण्डमा स्तरोन्नतिको काम सुरु भएको छ