किसानलाई कामकै चटारो (फोटो फिचर) | Khabarhub Khabarhub

किसानलाई कामकै चटारो (फोटो फिचर)


७ मंसिर २०७७, आइतबार  

पढ्न लाग्ने समय : 4 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दशैँ, तिहार, छठसहितका चाडपर्व सकिएसँगै किसानलाई हिउँदे बाली भित्र्याउने चटाराले छोपेको छ ।

धान काट्ने तथा थन्क्याउनेसहितका काममा किसान व्यस्त छन् ।

तस्वीरमा हेर्नुहोस किसानलाई कामको चटारो

 

शुक्लाफाँटा नगरपालिका ७ सिमलफाँटाका महिला घरमै पालिएका बाख्रालाई इपिलइपिल नामक डालेघाँस खुवाउँदै । यहाँका महिलाले घरमै बाख्रापालन गरी घरायसी गर्जो टार्दै आएका छन ।
डोटीको पुरानो क्षेत्रीय सदरमुकाम दिपायल पिपल्लामा तरकारी खेती गर्दै महिला ।
बजारमा लैजानका लागि फार्ममा उत्पादन भएको सिताके च्याउ टिप्दै गोरखा नगरपालिका–५, ठूलोरिपकी स्थानीय कृषक सानुमाया थापामगर । कटुसको मुडामा खोती गर्दै आएको सिताके च्याउ प्रतिकिलो रु ५ सयसम्ममा बिक्री हुने गरेको छ ।
बजारमा लैजानका लागि फार्ममा उत्पादन भएको सिताके च्याउ टिप्दै
पाल्पाको रामपुर नगरपालिका–१० का कृषक धान घर लैजान ट्रयाक्टरमा राख्दै । अहिले गाउँघरमा सडक सुबिधा पुगेपछि धानलगायतका कृषि उपज घर लैजान कृषकलाई सजिलो परेको छ ।
लमजुङको उच्च हिमाली भेग तथा लेकमा चरणका लागि ल्याइएका भेँडा । जाडो बढेसँगै क्व्होलासोथर गाउँपालिका– ३ स्थित घलेगाउँमा ल्याइएका भेडा । यतिबेला जाडो छल्न बेँसी झार्ने गरिन्छ ।
म्याग्दीको मङगला गाउँपालिका–२ सिमको फाँटमा धान काटदै गरेका स्थानीयबासी । यतिबेला कृषकहरुलाई धान भित्रयाउने चटारो बढेको छ ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले आयोजना गरेको व्यवसायिक च्याउ खेती सम्बन्धी तालिममा सहभागी वडा नम्बर–२ सोल्माका कृषक । नगरपालिकाले कृषक समूलाई विभिन्न व्यवसायका लागि निःशुल्क तालिमका साथै बीउ बिजनसमेत उपलब्ध गराउँदै आएको छ ।
तनहुँको व्यास नगरपालिका–५ पतेनीमा कृषक कपिल पौडेलले गरेको गाईभैसी पालन । गाईभैसीको दूध विक्री गरेर पौडेलले मनग्य आम्दानी गर्दै आएका छन् ।
बागलुङ नगरपालिका–८ सिगानामा उत्पादन भएको बेसार काटेर सुकाउनका लागि पानीमा सफा गर्दै स्थानीय एक महिला । भान्सामा प्रयोग हुँदै आएको बेसार पछिल्लो समय कोरोना रोकथामका लागि समेत प्रयोग हुँदै आएको छ ।
बर्दियाको गुलरिया नगरपालिका वडा नम्वर ४ का किसान केरामा आत्म निर्भर बन्दै कृषकहरु । बेच्नको लागि काटेर तयार पारेको केरा ।
बर्दियाको गुलरिया नगरपालिका वडा नम्वर २ मा एक मधेसी महिलाले जीविकोपार्जनका लागि गरेको खुर्सानी खेती ।
धादिङ जिल्लाको सिद्धलेख गाउँपालिका­४ माथिल्लो गौँथलेका किसान कुलबहादुर थापा मगर टिपेको गोलभेँडा बजार पठाउन डोकोमा राख्दै । गोलभेँडा राम्रो फलेको र भाउ पनि पाएकाले यसपालि किसान खुसी छन ।
धादिङ जिल्लाको सिद्धलेख गाउँपालिका­४ माथिल्लो गौँथलेका किसान कुलबहादुर थापा मगर परिवारको साथ बारीमा गोलभेँडा टिप्दै । गोलभेँडा राम्रो फलेको र भाउ पनि पाएकाले यसपालि किसान खुसी छन ।
चितवनको सौराहामा पँहेलपुर भएर फूलेको तोरी । पुष्टभूमिमा हिमालको दृष्य । तोरी खेतीका लागि अब्बल मानिने चितवनमा पछिल्लो समयमातोरी खेती घटदो छ ।
लालझाडी गाँउपालिकाको बल्मीका महिलाहरु खेतमा गहुँ छर्न अघि सफा गर्दै ।

तस्वीर : रासस

प्रकाशित मिति : ७ मंसिर २०७७, आइतबार  १२ : ५३ बजे

पूर्वसभामुख अग्नि सापकोटाविरुद्धको मुद्दामा हेर्दाहेर्दैमा

काठमाडौं । पूर्वसभामुख अग्नि सापकोटाविरुद्धको मुद्दामा हेर्दाहेर्दैमा राखिएको छ ।

बागमती प्रदेशको हिउँदे अधिवेशन अन्त्य

हेटौंडा- बागमती प्रदेश सरकारले प्रदेश सभाको हिउँदे अधिवेशन अन्त्य भएको

जग्गा बेच्न दिने अध्यादेश : क–कसलाई फाइदा ? (सूचीसहित)

काठमाडौं – सरकारले यही वैशाख १६ र १७ गते गर्न

आजका समाचार : कतारका अमिर स्वदेश फिर्तादेखि सांसद गुरुङको निलम्बन फुकुवासम्म

कतारका अमिर स्वदेश फिर्ता मित्रराष्ट्र कतारका अमिर शेख तमिम विन

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट

जलेश्वर– महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आगलागी हुँदा ९२ भन्दा