नेपाल फिफा बरियाताको १७० औँ स्थानमा यथावत | Khabarhub Khabarhub

नेपाल फिफा बरियाताको १७० औँ स्थानमा यथावत


६ कार्तिक २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विश्व फुटबलको सर्वोच्च निकाय फिफाको वरीयतामा नेपाल यथावत रहन सफल भएको छ ।

फिफाले आज निकालेको नयाँ वरीयतामा नेपाल १ सय ७० औं स्थानमा रहेको छ । गत महिना पनि नेपाल १ सय ७० औं स्थानमै रहेको थियो । कोरोना भाईरसको महामारीपछि गत मार्चबाट अन्तर्राष्ट्रिय फुटबल ठप्प छ ।

जसको कारण नेपालले अन्तर्राष्ट्रिय खेल खेलेको छैन । तर, नेपालले आगामी नोभेम्बरमा बंगलादेशसँग दुई मैत्रीपूर्ण खेल खेल्दैछ । नेपाल दक्षिण एसियाली राष्ट्रको तेस्रो स्थानमा छ । नेपाल भन्दाअघि भारत र माल्दिभ्स छन् ।

एक स्थान घटेको भारत १ सय ८ औं स्थानमा रहेको छ । यस्तै माल्दिभ्स १ सय ५५ औं स्थानमा रहेको छ । नेपालभन्दा तल भुटान, बंगलादेश, श्रीलंका र पाकिस्तान रहेका छन् ।

भुटान १८९ औं, बंगलादेश १८७ औं, श्रीलंका २ सय ६ औं र पाकिस्तान २०० औं स्थानमा छन् । नयाँ वरीयताको शीर्ष स्थानमा बेल्जियम यथावत रहेको छ ।

यस्तै फ्रान्स दोस्रो, तेस्रोमा ब्राजिल, चौथोमा इंग्ल्यान्ड र पाँचौ स्थानमा पोर्चुगल छन् । स्पेन छैटौं, उरुग्वे सातौं, अर्जेन्टिना आठौं, क्रोएसिया नवौं र कोलम्बिया दशौं स्थानमा रहेका छन् ।

प्रकाशित मिति : ६ कार्तिक २०७७, बिहीबार  ६ : ४९ बजे

राष्ट्रपति पौडेलद्वारा सेतो मच्छिन्द्रनाथको दर्शन

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आज सेतो मच्छिन्द्रनाथको दर्शन गर्नुभई

वनलाई हात्तीमैत्री बनाउनुपर्छ : राजेन्द्र लिङ्देन

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले वन क्षेत्रलाई

स्थानीयस्तरबाट खेलाडी तयार गर्न राज्यले विशेष ध्यान दिनु आवश्यक छ : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले खेलकुदका माध्यमबाट देशलाई विश्वमाझ चिनाउन

देशैभर पुग्यो पाठ्यपुस्तक

भक्तपुर – जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले देशभर पाठ्यपुस्तक पुर्‍याएको

सुनिलको शानदार शतक, राजस्थानलाई विशाल लक्ष्य

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा कोलकाता नाइट राइडर्सले