राष्ट्रपतिद्वारा तीन देशका लागि राजदूत नियुक्त | Khabarhub Khabarhub

राष्ट्रपतिद्वारा तीन देशका लागि राजदूत नियुक्त


६ कार्तिक २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले तीन देशका लागि राजदूत नियुक्त गरेकी छन् ।

मन्त्रिपरिषद्को सिफारिस र संसदीय सुनुवाइ समितिको अनमोदनपछि राष्ट्रपति भण्डारीले जर्मनी, बेल्जियम र पाकिस्तानका लागि राजदूत नियुक्त गरेकी हुन् ।

राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेका अनुसार राष्ट्रपति भण्डारीले जर्मनीका लागि रामकाजी खड्का, बेल्जियमका लागि गेहेन्द्र राजभण्डारी र पाकिस्तानका लागि तापस अधिकारिलाई राजदूतमा नियुक्त गरेकी हुन् ।

‘राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा २८२ बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा बेल्जियम अधिराज्यका लागि गेहेन्द्र राजभण्डारी, इस्लामिक गणतन्त्र पाकिस्तानका लागि तापस अधिकारी र संघीय गणतन्त्र जर्मनीका लागि रामकाजी खड्कालाई आवासीय नेपाली राजदूत पदमा नियुक्त गर्नुभएको छ,’ घिमिरेले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ ।

प्रकाशित मिति : ६ कार्तिक २०७७, बिहीबार  ६ : ४० बजे

एमाले महाधिवेसन प्रतिनिधि सम्मेलन (फोटोफिचर)

काठमाडौंं– नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक आजबाट सुरु

राष्ट्रिय महिला टिमका ६ क्रिकेटरले मलेसियामा सुपर कप खेल्ने

काठमाडौं- नेपाली राष्ट्रिय महिला क्रिकेट टिमका ६ क्रिकेटरले मलेसियाको सुपर

बाँकेमा दुई सय ६५ घरेलु उद्योग बन्द

राँझा– बाँकेमा चालु आर्थिक वर्षको नौ महिनामा दुई सय ६५

कर्णालीमा चालु आवको हालसम्म २५ प्रतिशत मात्रै बजेट खर्च

काँक्रेविहार– प्रदेश संरचना बनेको सात वर्षमा कर्णाली प्रदेशमा पाँच वटा