एकैदिन टीभीएसका एक हजार बाइक तथा स्कुटर बिक्री | Khabarhub Khabarhub

एकैदिन टीभीएसका एक हजार बाइक तथा स्कुटर बिक्री


६ कार्तिक २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालमा टीभीएस मोटर्सको आधिकारिक वितरक जगदम्बा मोटर्सले कात्तिक ५ गते बुधबार एकैदिन एक हजार बाइक तथा स्कुटर बिक्री गरेर रेकर्ड कायम गरेको छ ।

देशभर रहेका १३२ शोरुममार्फत यति धेरै बाइक तथा स्कुटर बिक्री गरिएको जगदम्बा मोटर्सका मार्केटिङ म्यानेजर नवराज कोइरालाले बताए ।

यो भन्दा पहिले गत कात्तिक ३ गते सोमबार एकै दिन ८२५ युनिट बिक्री गरिएको थियो । हिजोको बिक्रीले नेपाली बजारमा टीभीएसले एक इतिहास कायम गरेको छ ।

दशैँको अवसरमा नयाँ बाइक र स्कुटर किन्ने चलन भएकाले दशैँ नजिकिदै गर्दा यी सवारी साधन खरिद गरेका हुन् ।

हाल नेपाली बजारमा सबै रेन्ज र सबैलाई उपयुक्त हुने मूल्यमा टीभीएसका बाइक तथा स्कुटर उपलब्ध छन् । यी सबै सवारी साधन खरिद गर्नका लागि जगदम्बा मोटर्सले आफ्नै जगदम्बा इन्भेष्टमेन्ट कम्पनीमार्फत फाइनान्सको व्यवस्था समेत गर्दै आएको छ ।

उपयुक्त गुणस्तरका बाइक तथा स्कुटर सबैका लागि उपलब्ध भएकाले छोटो समयमा टीभीएसले नेपाली बजारमा सफलता प्राप्त गरेको कोइरालाले बताए ।

जगदम्बा मोटर्सले पछिल्लो समयमा स्मार्ट कनेक्ट र एबीएस सहितका अपाचे आरटीआर २०० र आरटीआर १६० समेत नेपाली बजारमा उपलब्ध गराएको छ ।

टीभीएस एनटर्क स्कुटर नेपाली बजारमा सबैभन्दा बढी बिक्री हुने प्रिमियम स्कुटर भनेर केही दिन पहिले जगदम्बा मोटर्सले घोषणा समेत गरेको थियो ।

नेपाली बजारमा हाल यसका १ सय सीसीको एक्सएल १०० मोडलको मोपेडदेखि ३१० सीसी क्षमताको आरआर ३१० रेसिङ बाइकसम्म उपलव्ध छ ।

त्यसैगरी ५ फरक मोडलमा स्कुटर र २ मोडलका थ्री ह्विलरको समेत कारोबार हुँदै आइरहेको छ । तथापि अपाचे सिरिजका मोटरसाइकल र एनटर्क स्कुटर पछिल्लो समयका सर्बाधिक चर्चित उत्पादन हुन् । जुन युवा पुस्तामाझ निकै लोकप्रिय बनिरहेका छन् ।

नेपालमा जगदम्बा मोटर्सले टीभीएसका सवारी साधन बिक्री–वितरण गर्न थालेको ५ वर्ष मात्र भएको छ । छोटो समयमै टीभीएसको पहिचान नेपाली बजारमा एक उत्कृष्ट ब्रान्डका रुपमा स्थापित भएको छ ।

नेपाली बजारमा बिगत लामो समयदेखि कारोबार हुँदै आइरहे पनि गुमनाम प्रायः रहँदै आएको यो ब्रान्ड जगदम्बा मोटर्स मातहत आएपछि यसले पुनर्जन्म नै पाएको हो भन्दा फरक पर्दैन ।

हाल यो नेपाली बजारमा सर्बाधिक बिक्री हुने उत्कृष्ट ५ ब्रान्डका टु ह्विलरमा समावेश हुन सफल भएको छ ।

टीभीएस ब्रान्डका मोटरसाइकल तथा स्कुटर बलियो, मजबुत र उच्चतम पावर तथा पर्फमेन्सका कारण चर्चित मानिन्छन् । सबै बर्गका राइडर लक्षित मोडल उपलव्ध हुनु यसको अर्को महत्वपूर्ण विशेषता हो ।

नेपालमा खासगरी युवा पुस्ताले यो ब्रान्डलाई बढी रुचाएका छन् । आधुनिक डिजाइन, आकर्षक लुक्स र उच्चतम पावर तथा पर्फमेन्सका कारण युवा पुस्तामाझ यो ब्रान्ड लोकप्रिय बनेको हो ।

जगदम्बा मोटर्सले हाल चाडपर्वको अवसरमा ‘टीभीएस दशैँको आशा’ नामक स्किम ल्याएको छ । यस योजनामा सहभागिता जनाउन टिभिएसको मोटरसाइकल खरिद गरेकै हुनु पर्ने भन्ने छैन ।

योजना अन्तर्गत टीभीएसको कुनै पनि मोटरसाइकल खरिदमा नगद छुटको रूपमा ९ हजार र स्कुटरको खरिदमा ७ हजार रुपैयाँ नगद छुट प्राप्त गर्न सक्ने छन् भने ५० प्रतिशत डाउन पेमेन्ट गरेर मोटरसाइकल तथा स्कुटर खरिद गर्ने ग्राहकले शुन्य प्रतिशत ब्याजदरमा खरिद गर्न सक्ने छन् ।

यी दुई मध्ये कुनै एक स्किम ग्राहकले छनोट गर्न पाउने सुविधा कम्पनीले दिएको छ ।

बम्पर उपहारका रूपमा, हरेक हप्ता एक जनाले टीभीएस अपाचे आरआर ३१० बाइक जित्न सक्ने छन् । यो टीभीएसकै सबैभन्दा महंगो मोटरसाइकल हो ।

हरेक हप्ता हुने लक्की ड्रमा भागलिन चाहने जो कोहीले पनि https://tvsnepal.com/dashain/ मा गएर फारम भर्नु पर्ने छ । जसमा मोटरसाइकल नकिन्नेले पनि आफ्नो नाम रजिस्टर गर्न सक्ने छन् भने आरआर ३१० जित्ने अवसर पाउने छन् ।

प्रकाशित मिति : ६ कार्तिक २०७७, बिहीबार  १२ : ०६ बजे

एमालेकाे राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को प्रथम बैठकको तयारी पूरा

काठमाडौं– नेकपा एमालेले शनिबारबाट ललितपुरमा सुरु हुने राष्ट्रिय महाधिवेशन प्रतिनिधि

गण्डकी र सुदूरपश्चिमका प्रदेश प्रमुखले गैर संवैधानिक काम गरे : कांग्रेस

काठमाडौं– नेपाली कांग्रेसले गण्डकी र सुदूर पश्चिम प्रदेशमा प्रदेश प्रमुखबाट

कांग्रेस देश र जनताप्रति उत्तरदायी पार्टी हो : सहमहामन्त्री राठोर

बैतडी– नेपाली कांग्रेसका सहमहामन्त्री किशोरसिंह राठोरले कांग्रेस देश र जनताप्रति

गण्डकी प्रदेश सभा बैठक कार्यसूचीमा प्रवेश नगरी स्थगित

पोखरा– गण्डकी प्रदेश सभाको बैठक प्रतिपक्षी दल बिना नै बसेको

चैतसम्म साढे पाँच लाखले लिए श्रम स्वीकृति

काठमाडौं– चालु आर्थिक वर्षको चैतसम्ममा वैदेशिक रोजगारीमा जान करिब साढे