तनहुँकी कोरोना संक्रमित महिलाको मृत्यु « Khabarhub

तनहुँकी कोरोना संक्रमित महिलाको मृत्यु


६ कार्तिक २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

चितवन– चितवनमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा तनहुँ शुक्लगण्डकी नगरपालिका घर भई हाल मकवानपुर हेटौँडा–५ बस्ने ३३ वर्षीया महिला रहेको छ ।
भरतपुर अस्पतालमा उपचाररत उनको आज बिहान ६:१५ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।

अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार गत असोज ३० गते कोरोना संक्रमणसहित खोकी र श्वासप्रश्वासमा समस्याबाट पीडित भई अस्पतालमा भर्ना भएकी उनलाई सोही दिन कोरोना पुष्टि भएको थियो ।

उनको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि अस्पतालको कोभिड सघन उपचार कक्ष (आइसीयू)मा भेन्टिलेटरको सहायतामा उपचार गरिएको थियो ।

प्रकाशित मिति : ६ कार्तिक २०७७, बिहीबार  १० : ३३ बजे

अमेरिकामा फेरि कोरोना भाइरस संक्रमण बढ्दै

काठमाडौं- अमेरिकामा करिब १ करोड ३२ लाख बालबालिका कोभिड १९

प्रतिनिधिको विषयमा विवाद हुँदा रोकिएको पोखराको मतगणना पुनः सुरु

कास्की- पोखरा महानगरपालिकाको मतगणना स्थलमा प्रतिनिधिको विषयमा विवाद हुँदा रोकिएको

कांग्रेसले ‘बेबी किङ्ग’ छाडेको त्यो निर्णायक घुम्ती

काठमाडौँ– आठ वर्ष लगाएर तत्कालीन संविधान सभाबाट जारी भएको संविधान

प्रदूषणका कारण ९० लाख मानिसहरूको मृत्यु भएको नयाँ प्रतिवेदन सार्वजनिक

काठमाडौं- सन् २०१९ मा प्रदूषणका कारण विश्वभर ९० लाख मानिसको

काठमाडौँ महानगरमा अपडेट : बालेनको मत १८ हजार नाघ्यो

काठमाडौँ- काठमाडौँ महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन्द्र शाहले आफ्ना प्रतिद्वन्द्वीसँग दोब्बर