धरहरा पुनर्निर्माण : सम्झौताको म्याद सकिँदा आधाभन्दा थोरै काम | Khabarhub Khabarhub

धरहरा पुनर्निर्माण : सम्झौताको म्याद सकिँदा आधाभन्दा थोरै काम


६ कार्तिक २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– २०७२ सालको विनाशकारी भूकम्पका कारण भत्किएको धरहरा पुनर्निर्माण सम्पन्न गर्न अझै दुई वर्ष लाग्ने भएको छ ।

कोभिड–१९ का कारण करिब एक महिना धरहरा पुनर्निर्माणको काम ठप्प भएपछि र सुरु देखि नै काममा अलमल भएकोले निर्माणको अवधि दोब्बर लम्बिने भएको हो ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले २०७७ असोज २० सम्ममा धरहरा निर्माणको काम पूरा गर्ने गरी रमन कन्स्ट्रक्सनसँग २०७५ सालमा सम्झौता गरेको थियो । सम्झौतालगत्तै काम सुरु गरेको थियो ।

सम्झौता बमोजिम समयमै पुनर्निर्माण सम्पन्न गर्न कन्स्ट्रक्सन कम्पनीले दैनिक साढे तीन सयभन्दा बढी श्रमिकहरु खटाए पनि तोकिएको अवधिमा आधा काम सक्न कम्पनीलाई मुस्किल भएको छ ।

धरहरा पुनर्निर्माणको सुरुवातमा कामले गति लिए पनि विभिन्न कारण निर्माणमा ढिलाइ भएको कन्स्ट्रक्सनका प्रोजेक्ट म्यानेजर श्यामचन्द्र श्रेष्ठ बताउँछन् । उनका हालसम्म आधाभन्दा कम अर्थात ४५ प्रतिशतमात्र काम सकिएको छ ।

लक्ष्यअनुसार काम नसकिएपछि निर्माण कम्पनीले थप दुई वर्ष म्याद मागेको थियो । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले ९ महिना अर्थात् चालु आर्थिक वर्षभित्र सम्पन्न गर्ने गरी म्याद दिएको जनाएको छ ।

श्रेष्ठका अनुसार टावरको १६औँ तलाको ढलान सकिएको छ । मुख्य संग्रहालयको साइट डेढ महिनाअघि मात्र प्राप्त भएकाले भरखरै काम सुरु भएको छ । धरहराको टावरमा ६ वटा तला थप्न बाँकी छ ।

आधाभन्दा बढी काम बाँकी रहेकाले दुई वर्षको समय थप मागेको श्रेष्ठको भनाइ छ । उनले भने, ‘सबै काम सम्पन्न गर्न लगभग दुई वर्ष लाग्ने देखिएकोले हामीले समय मागेका हौँ तर प्राधिकरणबाट ९ महिनामात्र थप भएको छ । यति समयमा काम सक्न सम्भव छैन ।’

तालमेल नहुँदा ढिलाइ भयो : प्राधिकरण

निर्माण व्यवसायीहरुले राम्रोसँग काम गर्न नसकेको प्राधिकरणका सम्पदा विज्ञ राजुमान मानन्धरको भनाइ छ । सरकारले समयमै जग्गा खाली गर्न नसक्दा र उपलब्ध जगामा काम थाल्न ढिलो गर्दा निर्माण कार्यमा असर परेको उनले बताए ।

उनले भने, ‘सरकारले हुलाक र टक्सारको भवन समयमै खाली गराउन सकेन, निर्माण कम्पनी जग्गा प्राप्त भएको छैन भनेर अलमिलयो ।’

कोरोना भाइरसको महामारीले पनि निर्माणको काममा असर परेको उनले बताए । ‘जसोतसो काम भइरहेकै थियो, कोभिडले झन असर गर्‍यो,’ मानन्धरले खबरहबसँग भने, ‘लकडाउन र निषेधाज्ञाका कारण निर्माणमा असर पर्‍यो ।’

यस्तो बन्नेछ धराहरा

प्राधिकरणका विज्ञ एवं धराहरा पुनर्निर्माणको काम हेर्ने मानन्धरका अनुसार नयाँ बन्ने धराहरा झट्ट हेर्दा पुरानो धरहरा जस्तै हुनेछ । बाहिरबाट हेर्दा ११ तला नै देखिए पनि नयाँ धरहरा २२ तलाको हुनेछ ।

कुल ४२ रोपनी क्षेत्रफलमा बन्दै गरेको धरहराको संरचना पहिलाको भन्दा चौडा हुनेछ । त्यस्तै उचाइ ८० मिटर र चौडाइ १४ दशमलव २ मिटर रहने छ । निर्माणाधीन धरहरामा एउटा भर्‍याङ र दुई वटा लिफ्ट हुनेछन् ।

नयाँ धरहरामा पार्किङ, बगैँचा, संग्रहालय, प्रदर्शनी हल लगायत हुनेछन् । भूकम्पले भत्काएको पुरानो धरहराको ठुटो पनि संरक्षण गरिने छ ।

२२ तलाको धरहराको कुल लागत ३ अर्ब ४५ करोड रुपैयाँ छ ।

प्रकाशित मिति : ६ कार्तिक २०७७, बिहीबार  १० : १७ बजे

खोटाङमा बनबाट डढेलो बस्तीमा पस्दा १३ घर जले, ११ परिवारको बिचल्ली

वनमा लागेको डढेलो बस्तीमा पस्दा खोटाङको बाराहापोखरी गाउँपालिका-१ मा कम्तीमा

१० वर्षमा विदेशी लगानीका ५० उद्योग दर्ता, सिमेन्टमा ६० अर्ब लगानी

नेपालमा वैदेशिक लगानी भित्रिन सुरु भएको ७ दशक बढी भइसकेको

प्रचण्डसँग बाबुरामको आक्रोश, भने : गोरखा २ छोडिदिएर गम्भीर गल्ती गरेछु

काठमाडौं- नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा. बाबुराम भट्टराईले

पहिलो कम्युनिष्ट प्रधानमन्त्री मनमोहनको २५औँ स्मृति दिवस मनाइयो

काठमाडौं– नेपालका पहिलो कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीको २५औँ स्मृति दिवस

पर्वतका ७० वनमा डढेलो, एक हजार चार सय हेक्टर जङ्गल नष्ट

पर्वत– यहाँका विभिन्न वन–जङ्गलमा डढेलो लाग्ने क्रम रोकिएको छैन ।