अदालतले दियो रियालाई थप १४ दिन हिरासतमा राख्न अनुमति | Khabarhub Khabarhub

अदालतले दियो रियालाई थप १४ दिन हिरासतमा राख्न अनुमति


६ आश्विन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – सुशान्तसिंह राजपुतको आत्महत्या प्रकरणमा लागुऔषध सेवन भएको देखिएपछि पक्राउ परेकी सुशान्तकी प्रेमिका रिया चक्रवर्तीलाई थप १४ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।

रियालाई नार्कोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी) ले पक्राउ गरेको थियो । सुशान्तको निधनसँग जोडिएको लागुऔषध मुद्दाको अनुसन्धानका लागि रियालाई ६ अक्टोबरसम्म हिरासतमा राखेर थप अनुसन्धान थालिने भएको छ ।

रियासहित उनका भाइ शौविकसहित अन्य केहीलाई पक्राउ गरी हिरासतमा राखिएको छ ।

लागुऔषध दुर्व्यसनीमा अन्य नायिकाको नाम पनि जोडिएको छ । यो घटनामा रकुल प्रीत सिंह, सारा अली खान, श्रद्धा कपुर र दीपिका पादुकोण पनि तानिएका छन् । उनीहरूलाई एनसीबीले सोधपुछका लागि बोलाउने तयारी थालेको छ ।

गत जुनमा सुशान्त सिंह राजपूतले मुम्बईस्थित आफ्नो फ्ल्याटमा झुण्डिएर आत्महत्या गरेका थिए । उनको निधनपछि बलिउडमा नेपोटिज्म, ग्रुपिजम र ड्रग्सबारे बहस भइरहेको छ ।

प्रकाशित मिति : ६ आश्विन २०७७, मंगलबार  ५ : ५० बजे

बोक्सीको घरको प्रिमियर सम्पन्न

काठमाडौं – शुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सी’को

आगोले पाइप जलेपछि खानेपानीको समस्या

स्याङ्जा – वनमा लागेको आगोले पाइप जलेपछि गाउँमा खानेपानीको समस्या

मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रण

जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आज दिउँसो लागेको

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा

प्रहरीद्वारा १६ लाख बराबरको सामान बरामद

कञ्चनपुर । कञ्चनपुरमा भारतबाट भन्सार छली गरी ल्याएको रु १६