अक्टोबरबाट दर्शक रंगशाला फर्काउने बेलायतको योजना रोकियो | Khabarhub Khabarhub

अक्टोबरबाट दर्शक रंगशाला फर्काउने बेलायतको योजना रोकियो


६ आश्विन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – दर्शकलाई रंगशाला फर्काउने बेलायत सरकारको योजना स्थगित भएको छ । यसअघि अक्टोबर १ देखि दर्शकलाई रंगशाला प्रवेशका लागि खोल्ने तयारी गरिएको थियो ।

तर, नोबेल कोरोना भाइरस (कोभिड १९) को जोखिम नटरेपछि तत्कालका लागि बेलायत सरकारले त्यो निर्णय फिर्ता लिएको छ ।

बेलायतको मन्त्रीपरिषद्का सदस्य मिचेल गोभेले सरकारले उक्त निर्णय कार्यान्वन गर्न नसक्ने बताएका छन् । बेलाय सरकारले पाइलट कार्यक्रमका रुपमा यो योजनालाई अगाडि बढाइरहेको थियो ।

प्रधानमन्त्री बोरिस जोनसनको निर्देशन भएको भन्दै गोभेले बीबीसीसँगको कुराकानीमा बताएका छन् ।

यही महिनाको सुरुवातदेखि १ हजार जनालाई रंगशाला प्रवेश दिने बताइएको थियो । तर, त्यसमा पनि बन्देज लगाइएको छ ।

‘हामी धेरै मानिसहरुलाई रंगशाला फर्काउने योजना बनाइरहेका छौं । अहिलेका लागि यो रोकिएको छ। तर, कसरी यसलाई अगाडि बढाउन सकिन्छ हामी तयारी गरिरहेका छौं,’ मन्त्री गोभेले भने ।

बेलायतमा कोरोना भाइरसको जोखिम देखिएदेखि अधिकांश खेलकुद गतिविधि क्लोज डोरमा भइरहेका छन् ।

प्रिमियर लिग, एफ ए कप फाइनल, इङ्ग्ल्यान्डको टेस्ट क्रिकेट र दुई फर्मुला ए रेसहरु दर्शकविनै भएका प्रतियोगिता हुन् । मार्चदेखि बेलायतमा खेलकुद गतिविधि बन्द भएको थियो । तर, पछि जुलाइबाट बन्द रंगशालामा खेल फर्किएको थियो ।

प्रकाशित मिति : ६ आश्विन २०७७, मंगलबार  ३ : १५ बजे

स्ट्रबेरी खेतीतर्फ आकर्षित हुँदै दाङका युवा

दाङ – लहरै रोपिएका स्ट्रबेरीका बिरुवामा फलेका फल पाकेर लटरम्म

नेपाल हुँदै भारत प्रवेश गर्न खोज्ने दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौं । नेपाल हुँदै अवैध रुपमा भारत प्रवेश गर्न खोजेको

नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न आग्रह

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका निजी विद्यालयलाई नेपाली नामकरण गर्न

केजरीवाललाई थप चार दिन हिरासतमा राख्न अनुमति

नयाँ दिल्ली – मदिरा नीति घोटाला प्रकरणमा पक्राउ परेका दिल्लीका

अस्पताल परिसरमा इजरायली कारबाही जारी, एक हप्तामा २०० व्यक्तिको मृत्यु

तेल अभिभ – हमासका वरिष्ठ व्यक्तिहरू भित्र रहेको सुराकीपछि गाजामा