पीसीआर परीक्षण मात्रै समाधान होइन, सावधानी अपनाऔँ : मेयर शाक्य | Khabarhub Khabarhub

पीसीआर परीक्षण मात्रै समाधान होइन, सावधानी अपनाऔँ : मेयर शाक्य

लुकिछिपी ल्याउने र आउनेले गर्दा उपत्यका अशान्त भयो


६ भाद्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले काठमाडौँ महानगरपालिकासँगै उपत्यका भरी नै कोरोना संक्रमणको दर दिन–प्रतिदिन उच्च बन्दै गइरहेको भन्दै उपत्यकावासीलाई थप सावधानी अपनाउन आग्रह गरेका छन् ।

‘काठमाडौँ महानगरपालिकासँगै उपत्यकामै कोरोना संक्रमणको दर उच्च बन्दै गएको छ,’ उनले भने, ‘हामी सबैले सतर्कता नअपनाउने हो भने अवस्था थप भयावह हुनसक्छ । हामी कोही पनि त्रसित हुनु पर्दैन । तर, सावधानी सबैले अपनाउनै पर्छ ।’

उपत्यकावासीले यस अघि पनि लामो समयसम्मको लकडाउनलाई पूर्ण पालना गरी सरकारलाई सहयोग गरेको स्मरण गराउँदै प्रमुख शाक्यले अझै केही सयम कष्ट सहेर भए पनि निषेधाज्ञाको पूर्ण पालना गर्न आग्रह गरे ।

‘संघीय, प्रदेश र स्थानीय सरकार कोरोना नियन्त्रणको प्रयासमा निरन्तर लागेको छ,’ उनले भने, ‘सरकारले गरेको आग्रहलाई पूर्ण पालना गरी तपाईँहरुले सावधानी अपनाउनु भयो भने संक्रमणको संम्भावना निकै कम हुन्छ । सावधानी अपनाउँदा अपनाउँदै पनि संक्रमित हुनुभयो भने हामी उपचार गर्न तयार छौँ । तीन ओटै सरकार कोरोना रोकथाम र नियन्त्रणको प्रयासमा निरन्तर लागेको छ । कोरोनाका कारण सकेसम्म कसैले पनि ज्यान गुमाउने अवस्था आउनु हुँदैन भन्नेमा संघ, प्रदेश र स्थानीय तह सचेत छ ।’

उनले लकडाउन हटे पनि कोरोना अझै हटेको छैन भन्ने बुझाउन नसक्दा पुनः कोरोनाको संक्रमण फैलिदै गएको भन्दै पछिल्लो समय उपत्यका भित्रिनेको संख्यामा भएको उल्लेख्य वृद्धिले संक्रमणको खतरा बढेको बताए । ‘परीक्षण गरेर आउनेले आफू र अरुलाई पनि सुरक्षित बनाए,’ उनले भने, ‘तर, लुकिछिपी ल्याउने र आउनेले गर्दा उपत्यका अशान्त भयो ।’

शाक्यले सावधानी नअपनाउने तर पीसीआर परीक्षणमा मात्रै ध्यान दिने हो भने त्यसले मुलुकको ठूलो धनराशी खर्च हुने र अर्थतन्त्रमा समेत नराम्रो असर गर्ने बताए ।

‘पीसीआर परीक्षण कोरोना भाइरसको संक्रमण रहे–नरहेको पुष्टि गर्ने अन्तिम परिक्षण मात्र हो । यो औषधी होइन र यसले कोरोना रोकथाम गर्दैन,’ उनले भने, ‘स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो तथ्याङ्कलाई आधार मान्ने हो भने पाँच लाख ८९ हजार ८ सय ९९ सयको आरटी पीसीआर टेष्ट गर्दा ३० हजार ४ सय ८३ जना व्यक्तिको कोरोना पोजेटिभ देखिएको छ ।’

त्यसका लागि ३ अर्ब १८ करोड ९४ लाख ४४ हजार पाँच सय खर्च भएको भन्दै शाक्यले एउटा पोजेटिभ व्यक्ति भेट्न सरकारले १ लाख ४ हजार ६ सय ३० खर्च गरेको स्मरण गराए ।

‘स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकै तथ्याङ्क अनुसार पीपीई वाहेक ल्याब टेष्टमा मात्रै एक जनाका लागि नेपाल सरकारको पाँच हजार पाँच सय खर्च गरेको छ । त्यसपछिको उपचारका लागि आइसीयुमा ३० दिन राख्नुपर्दा ४ लाख ५ हजार खर्च हुन्छ,’ उनले भने, ‘त्यसैले यस्तो खर्चिलो पीसीआर परीक्षण जथाभावी रुपमा गरेर दुरुपयोग नगरौँ ।’

उनले संक्रमणको सम्भावना भएका र गर्नैपर्ने बाहेकका व्यक्तिले निशुल्क हो, मेरो पनि एक पटक गरौँ न त भन्ने होडवाजीमा जथाभावी परीक्षण गर्ने हो भने त्यसको दुरुपयोग हुनेतर्फ पनि संकेत गरेका छन् ।

‘गर्नेपर्ने व्यक्ति छ भने राज्यले खोजी–खोजी परिक्षण गर्छ । तर, निशुल्क पाइयो भनेर र पहुँचका भरमा आशंका नै नभएका व्यक्तिले पनि पटक–पटक परीक्षण गर्ने हो भने सम्भावित संक्रमितको पहुँचमा परीक्षण नपुग्ने अवस्था हुनसक्छ,’ उनले भने,’ ‘त्यसले राज्यलाई अनावश्यक आर्थिक बोझ मात्रै थुपार्छ । त्यसैले तपाईँहरु बढी त्रसित नहुनुहोस् । तर, जसग रहनुहोस् । कोरोना संक्रमणको सम्भावित व्यक्तिलाई खोजी–खोजी परिक्षण गर्छौ र संक्रमितको उपचार गर्छौ ।’

काठमाडौँ महानगरपालिकाले ३२ वटै वडामा १० ओटा कन्ट्राक्ट ट्रेसिङ टोली बनाएर काम गरिरहेको छ । काठमाडौँ महानगरपालिका क्षेत्र भित्र मात्रै संक्रमितको संख्या करीब १५ सय पुगेको छ भने होम आइसोलेशनमा बस्नेको संख्या करीब ३ सय ५० छ ।

प्रकाशित मिति : ६ भाद्र २०७७, शनिबार  १० : २६ बजे

खुट्टा तान्नेले जुत्ता मात्रै पाउँछन् : रवि लामिछाने

इलाम– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जनताको साथ रहुन्जेल

आईओसीद्वारा ओलम्पिक आर्टिफिसियल इन्टेलिजेन्स एजेन्डा सुरू

काठमाडौं– अन्तर्राष्ट्रिय ओलम्पिक समिति (आइओसी) ले शुक्रबार ओलम्पिक आर्टिफिसिएल इन्टेलिजेन्स

याङ्जाकोटमा बढ्दै पर्यटक

लेखनाथ– कास्कीको पर्यटकीय गाउँ याङ्जाकोटमा नयाँ वर्षसँगै पर्यटकको सङ्ख्या बढेको

रास्वापा सिद्धयाउने षड्यन्त्र भइरहेको छ : सभापति लामिछाने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्ना पार्टीलाई सिद्धयाउने

युक्रेन र रुसबीचको हवाइ आक्रमणमा सर्वसाधारणको मृत्यु

किएभ– युक्रेनले शनिबार बिहानै रूसतर्फ ड्रोन आक्रमण गरेको र आक्रमणका