भीष्म पितामहका अनुसार मानिसबाट हुने १० महापाप के के ? | Khabarhub Khabarhub

भीष्म पितामहका अनुसार मानिसबाट हुने १० महापाप के के ?


६ भाद्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धार्मिकशास्त्रका अनुसार भीष्म पितामह महाभारतका एक पात्र हुन् । पाण्डव तथा कौरवका हजूरबुबा भीष्म पितामह दृढ प्रतिज्ञाका लागि महाभारतमा प्रसिद्ध थिए ।

उनी गंगा र महाराज सन्तनुका छोरा भनेर महाभारतमा वर्णन छ । महाभारतको युद्धमा उनी कौरव पक्षका सेनापती थिए । उनलाई इच्छा मृत्युको वरदान थियो ।

१८ दिनसम्म चलेको महाभारको युद्धमा भीष्म पितामह १० औ दिनमा ढले । उनी ६ महिनासम्म वाणको शैय्यामा रहँदा पापका बारेमा चिन्तन गर्दथे । सोहि बेला भगवान श्रीकृष्णले भीष्मपितामहले गरेको पापबारे उनलाई अवगत गराएका थिए ।

कृष्णले उनलाई पहिलो जन्मलाई स्मरण गराउँदै त्यस समयमा उनी राजकुमार भएको याद दिलाएका थिए । त्यसबेला भीष्म पितामह घोडामा सवार भएर बाटोमा जादाँ नागलाई उठाएर फ्याँकेका थिए ।

उक्त नाग किलामा गएर छेडिएर बस्यो र ६ महिनापछि मात्र त्यस नागको प्राण गयो । सोहि पापकर्मको कारण भीष्म पितामह मृत्यु शैय्यामा रहेको भगवान श्रीकृष्णले बताएका थिए । अन्ततः कृष्णको वाणि अनुसार ६ महीनापछि उनको इच्छा अनुसार सूर्य उत्तरायण पारेर प्राण त्याग भयो ।

भिष्म पितामह निकै ज्ञानि मानिन्छन् । उनी वाणशैय्यामा रहेको बेला अर्जुनले पापहरुका बारेमा जिज्ञाशा राखेका थिए । जसलाई भिष्म पितामहले यस प्रकार बताएका थिए । पाप मुख्यत तिन प्रकार अर्थात शरीर, वाणी एवम् मनद्धारा हुने बताएका थिए । सो अनुसार मानिसबाट हुने मुख्य पापहरु निम्न छन् ।

१. हिंसा
शरीरद्वारा हुने सबैभन्दा प्रथम र अत्याधिक निन्दनिय महापाप हो हिंसा । कुनैपनि जीवको साथ शारीरिक हिंसा गर्नु वा जानीबुझी त्यसमाथि क्षति र्पुयाउनु यस श्रेणीमा सामेल छ ।

२. चोरी
शरीरद्धारा हुने अर्को पाप हो, चोरी । लोभ वा लालचका कारण अरुको सम्पति चोरी गर्नु पाप ठहर्दछ । आफ्नो आवश्यकता पुरा गर्न चोरी गर्नु निन्दनिय छ ।

३. व्यभिचार
शरीरद्धारा हुने अर्को महापाप हो, व्यभिचार । यो अत्यन्त निकृष्ट कर्म हो । कलियुमा स्त्रीपुरुषको नैतिक र चारित्रिक हनन गर्नेहरु पापको भागिदार हुनुपर्छ ।

४. खराब बाणी
शारीरिक महापाप जस्तै बाणी एवं बोलीद्वारा घटित हुने पापलाई पनि घृणित मानिएको छ । बोलीद्धारा अरुलाई हानी पुर्याउने वा कुशब्द, अपशब्द, अलच्छिन बोल्नु पनी महापाप हो ।

५. अपमान गर्नु
भिष्म पितामहले अर्जुनलाई दिएको ज्ञान अनुसार अरुको अपमान गर्नु हत्या समान पाप हो । तर, अहिले अर्थात कलियुगमा यो पापलाई धेरैले गरीरहेका हुन्छन् ।

७. झुट बोल्नु
मानिसले बोल्ने झुटले केवल उसको चरीत्र प्रति सन्देह मात्र उत्पन्न गर्दैन, अरु ब्यक्तिका लागी समेत यसले खतरा उत्पन्न गराउँछ । झुट बोल्नु महापाप मध्ये एक हो ।

८. अनुशासन भंग
मनद्वारा गरीने पापमा पर्ने अनुशासन भंगमा निति वा मुल्यमान्यता भन्दा बाहिर जानु, परम्परा नमान्नु, आदर नगर्नु क्रोध पाल्नु लगायतका कर्म रहेका छन् ।

९. कुनियत राख्नु
मनद्धारा हुने अर्को पापमा कसैलाई हानी वा पतन गराउने सोच वा कुनियत राख्नु पनी महापाप हो । अरुलाई नोक्सान र्पुयाउने धारणा राख्नु मात्र पनि महापाप मानिन्छ ।

१०. वासना
वासाना सबैभन्दा घृणित पाप हो । कुनै स्त्री वा नर, वा कोहिकसै प्रति पनि वासनाको भावना राख्नु महापाप तुल्य हुन्छ । यो घृणित विचार भएकाले हत्या समान पाप लाग्दछ ।

प्रकाशित मिति : ६ भाद्र २०७७, शनिबार  १ : ४७ बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०