हिमालयन बैंकद्वारा 'सिद्धि स्मृति प्रतिष्ठान'लाई सहयोग | Khabarhub Khabarhub

हिमालयन बैंकद्वारा ‘सिद्धि स्मृति प्रतिष्ठान’लाई सहयोग


७ श्रावण २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- हिमालयन बैंक लिमिटेडले भक्तपुर उपमहानगर पालिका भिमसेनस्थान–७ ‘सिद्धि स्मृति प्रतिष्ठान’-‘सिद्धि स्मृति महिला तथा बाल अस्पताल एवं बृद्धाश्रम’लाई सहयोग प्रदान गरेको छ।

बैंकले सहयोगस्वरुप ५ लाख रुपैयाँ मुल्य बराबरको पचास किलो क्षमताको लुगा धुने मेसिन र पन्ध्र किलो क्षमताको हाइड्रो एक्सट्र्याक्टर प्रदान गरेको छ।

त्यस प्रतिष्ठानमा विरामी तथा अस्पतालका अन्य लुगाहरु दैनिक रुपमा धुनु र सुकाउनु पर्ने तर हाल रहेको मेसिन विग्रिने र पटक–पटक बनाई राख्नुपर्ने समस्या भएकाले उक्त सहयोग गरेको बैंकले बताएको छ।

साथै बैंकले उक्त प्रतिष्ठानको लागि १५ लाख ७ हजार ६ सय ३५ रुपैयाँ बराबरको १० हजार थान ओपिडी बुक पनि सहयोग स्वरुप प्रदान गरेको छ।

बैंकका तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शम्सेर राणाले बैंकका कर्मचारीहरुको उपस्थितिमा उक्त सहयोग सामग्रीहरु प्रतिष्ठानलाई एक समारोहकाबीच प्रदान गरे।

वि.सं. २०५९ मा स्थापित उक्त अस्पतालले विशेषतः बाल स्वास्थ्य, प्रसुति तथा स्त्रीरोग सम्बन्धि सेवा प्रदान गर्दै आएको छ।

विभिन्न स्वदेशी तथा विदेशी दाताहरुको सहयोगमा संचालित यस प्रतिष्ठानले अस्पालका साथै बृद्धाश्रम समेत संचालन गरिरहेको छ।

प्रकाशित मिति : ७ श्रावण २०७७, बुधबार  ६ : २१ बजे

सार्वजनिक पदमा रहेकाले सामुदायिक विद्यालयमा सन्तान पढाउनुपर्ने

गोरखा– गोरखाका स्थानीय तहमा सार्वजनिक पद धारण गरेका व्यक्तिले आफ्ना

व्यापार र रोजगारीका लागि ताक्लाकोट जानेको सङ्ख्या बढ्दै

हुम्ला– रोजगारी र व्यापारका निम्ति चीनको स्वशासित क्षेत्र पुराङ काउन्टीको

देउवा–नेपाल भेटले सत्ता समीकरणमा तरंग

काठमाडौँ– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एकीकृत समाजवादीका अध्यक्ष

धरान डेन्टल कलेजको कन्तबिजोग

धरान – दाँतको सामान्य उपचार गर्न बीपी कोइराला स्वास्थ्य विज्ञान

विद्यार्थी बढाउन कक्षा एकमै अङ्ग्रेजी विषय

वैशाख– कैलालीको जानकी गाउँपालिकाले सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढाउन यो