केरुङ छ्यो तालको सतह घटेपछि भोटेकोशीमा बाढीको जोखिम टर्‍यो | Khabarhub Khabarhub

केरुङ छ्यो तालको सतह घटेपछि भोटेकोशीमा बाढीको जोखिम टर्‍यो


७ श्रावण २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिन्धुपाल्चोक –  खासा नजिकैको केरुङ छ्यो तालमा पानी सतह घट्दै जान थालेपछि तत्कालका लागी भोटेकोशीमा बाढीको खतरा टरेको छ ।

तालमा एक मिटर सतह घटेको जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । खासाबाट पश्चिमतर्फको ताल भरिएर फुट्ने खतरा भएपछि सिन्धुपाल्चोक प्रशासनले सोमबर सार्वजनिक सूचना जारी गर्दै सचेत र सजग रहन आग्रह गरेको थियो ।

चीनको न्यालम र खासा क्षेत्रका वैदेशिक विभागले वर्षा रोकिएपछि तालको सतह एक मिटर घटेको जानकारी आफूलाई दिएको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताए ।

विसं २०७३ असार २१ गते खासा नजिकै रहेको ताल फुट्दा तातोपानी नाकाको लिपिङ बजार बगाउँदै तल्लो तटीय क्षेत्रमा क्षति पुर्‍याएको थियो । त्यतिबेला झण्डै डेढ सय घर संरचना बगाउँदा अरनिको राजमार्गको बाह्रबिसे–तातोपानी सडकखण्ड तहसनहस बनाएको थियो ।

चिनियाँ प्रतिनिधिले फुट्ने खतरा औँल्याएको केरुङ छ्यो ताल खासाबाट केही माथि रहेको प्रमुख जिल्ला अधिकारी ढकालले जानकारी दिए ।

प्रकाशित मिति : ७ श्रावण २०७७, बुधबार  ८ : ३४ बजे

आज २०८१ साल वैशाख १३ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १३ गते बिहीबार तदनुसार

बोक्सीको घरको प्रिमियर सम्पन्न

काठमाडौं – शुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सी’को

आगोले पाइप जलेपछि खानेपानीको समस्या

स्याङ्जा – वनमा लागेको आगोले पाइप जलेपछि गाउँमा खानेपानीको समस्या

मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रण

जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आज दिउँसो लागेको

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा