सिटीसँग फराकिलो हार ब्योहोरेको वार्टफोड रेलिगेशन नजिक | Khabarhub Khabarhub

सिटीसँग फराकिलो हार ब्योहोरेको वार्टफोड रेलिगेशन नजिक


७ श्रावण २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रिमियर लिगमा म्यानचेस्टर सिटीका रहिम स्ट्रलिङको आक्रामक खेलको सिकार बनेको वाटफोर्ड रेलिगेसन क्षेत्रबाट उम्किन चुकेको छ ।

बुधबार बिहान भएको खेलमा सिटीसँग वार्टफोड आफ्नो घरेलु मैदानमा ४–० गोल अन्तरले पराजित भएको हो ।

सिटीसँग लज्जास्पदा हार ब्योहोरेको वार्टफोड लिगमा ३४ अंकसहित १७औं स्थानमा छ । लिगको शीर्ष दोस्रो स्थानमा रहेको सिटीको जीतका लागि स्ट्रलिङले दुई गोल गरे भने फिल फोडेन र एमेरिक लापोर्तेले समान एक–एक गोल गरे ।

खेलको पहिलो हाफमा २–० गोलको सहज अवस्थामा पुगेको सिटीका लागि स्ट्रलिङले ३६ र ४१ औं मिनेटमा गोल गर्दै टीमलाई दोहोरो अग्रता दिलाएका थिए ।

दोस्रो हाफमा फोडेनले ६०औं मिनेटमा गोल गर्दै टिमलाई ३–० गोलको अग्रता दिलाएका थिए भने लार्पोतेले ६६औं मिनेटमा गोल गरेका थिए ।

४–० गोलले पछि परेको वाटफोर्डका लागि गोल फर्काउने समय रहेपनि उसले अवसलाई सदुपयोग गर्न नसक्दा फराकिलो हार ब्योहोर्न बाध्य भयो । ३७ खेल खेलेको सिटी ७८ अंकसहित दोस्रो स्थानमा छ ।

प्रकाशित मिति : ७ श्रावण २०७७, बुधबार  ५ : ३३ बजे

लागूऔषध ब्राउन सुगरसहित एक पक्राउ

भद्रपुर– प्रहरीले लागूऔषध ब्राउन सुगरसहित २० वर्षीय विनोद तामाङलाई पक्राउ

आयोजनाको ठेक्का अवधि सकियो, प्रगति निराशाजनक

गण्डकी– पर्यटकीय राजधानी पोखरामा विद्युत् वितरण प्रणालीलाई भूमिगत गर्ने आयोजनाको

बझाङमा एमाले उम्मेदवार भण्डारीलाई पितृशाेक

बझाङ प्रदेश सभा क्षेत्र नं. १ काे उपनिर्वाचनमा नेकपा (एमाले)का

मलेसियाली नौसेनाका दुई हेलिकप्टर आपसमा ठोक्किँदा १० जनाको मृत्यु

काठमाडौं- सैनिक अभ्यासका क्रममा मलेसियाली नौसेनाका दुईवटा हेलिकप्टर आपसमा ठोक्किँदा

कतारी अमिरको नेपाल भ्रमण, सुरक्षा व्यवस्था कडा

काठमाडौं– कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको नेपाल