चिनियाँ दमनविरुद्ध तिब्बतमा विद्रोह सुरु | Khabarhub Khabarhub

चिनियाँ दमनविरुद्ध तिब्बतमा विद्रोह सुरु


८ असार २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- चिनियाँ सेनाको दमनविरुद्ध तिब्बतमा विद्रोह सुरु भएको छ ।

सन् १९५० मा खाम्पा विद्रोहपछिको यो सबैभन्दा ठूलो विद्रोह भएको बताइएको छ । तिब्बतमा हाल इन्टरनेट सेवा अवरुद्ध गरिएको छ भने लासामा सैन्य दमन सुरु भएको छ ।

यस विषयमा चिनियाँ मिडियाहरुले केही बोलेका छैनन् भने चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताहरुले आफ्नो दैनिक ब्रिफिङका क्रममा केही बौद्ध भिक्षुहरुले लासामा प्रदर्शन गरिरहेको स्वीकार गरेका थिए ।

तर, उनीहरुले अवस्थाको वास्तविक चित्रण नगरी विषयलाई हल्का रुपमा लिए भने उक्त आन्दोलन नियन्त्रणमा भएको संकेत गरे ।

चिनियाँ सेनाहरुले अहिलेसम्म म्यानमारमा जुन्ताले बौद्ध भिक्षु र विद्यार्थीहरुले आन्दोलन गर्न पूर्णरुपमा इन्टरनेट बन्द गरेजस्तो भने अवरुद्ध गर्न सकेका छैनन् ।

बौद्ध भिक्षुहरुले गरेको शान्तिपूर्ण आन्दोलनलाई निस्तेज पार्न प्रहरीलेसमेत लाठीचार्ज गर्नुका साथै अश्रु ग्यास प्रहार गरिरहेको छ ।

चिनियाँ अधिकारीहरुले तिब्बतमाजस्तै आन्दोलन सिन्जियानमासमेत हुने हो कि भन्‍ने विषयमा चिन्तित बनेका छन् ।

प्रकाशित मिति : ८ असार २०७७, सोमबार  १२ : ३० बजे

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ

नक्कली शरणार्थी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)का

खेलकुद महासंघ सुनसरीको संयोजकमा पौडेल

बिराटनगर – नेपाल खेलकुद महासंघ सुनसरीको संयोजकमा बिकल पौडेल चयन