सानिमा बैंकले ल्यायो अपाङ्गतामैत्री वेबसाइट | Khabarhub Khabarhub

सानिमा बैंकले ल्यायो अपाङ्गतामैत्री वेबसाइट


८ असार २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विगत १५ वर्षदेखि ग्राहकहरुलाई उत्कृष्ठ सेवाप्रदानगर्दै आएको सानिमा बैंकले नेपाली बैंकिङ्ग क्षेत्रमा पहिलो पटक अपाङ्गमैत्री वेबसाइटको शुरुवात गरेको छ । यो वेबसाइट राम्रोसँग देख्न नसक्ने, श्रवणशक्ति कमभएका तथा कम्प्यूटर प्रयोग गर्न गाहृो हुने व्यक्तिहरुको लागि उपयोगी हुनेछ ।

यस वेबसाइटको प्रयोगले अपाङ्गता भएका व्यक्तिहरुलाई पनि सजिलै वित्तीय जानकारी तथा पहुँच प्रदानगर्ने विश्वास बैंकले लिएको छ । साथै अन्य व्यक्तिहरु जस्तै वृद्धवृद्धा तथा नयाँ प्रयोगकर्ताहरुलाई पनि अनलाईनबाट आफ्नो बैंकको सेवा सम्बन्धी जानकारी तथा बैंकिङ्ग पहुँच पुर्‍याउने प्रयास गरेको छ ।

यो सुविधाप्रयोग गर्नकालागि बैंकको वेबसाइट sanimabank.com मा गई दायाँकुनामा रहेको disability friendly icon click गरी आवश्यक accessibility widget menu मा गई आफूलाई चाहिएको सुविधा अनुसारको अपसन बटनमा क्लिक गरी वेबसाइटको प्रयोग गर्न सकिनेछ ।

यो सेवाहाल अंग्रेजीमा मात्र उपलब्ध छ । समयक्रमसँगै अन्यअपाङ्गतामैत्री सेवासुविधाहरु थपविस्तार र परिमार्जन गर्दै ग्राहकको आवश्यकतासहज रुपमापूरा गर्ने बैंकको उद्देश्य रहेको छ ।

सानिमा बैंकले देशभरका सातै प्रदेशबाट७९ शाखा, ७ वटा विस्तारित काउन्टर तथा ८१ एटिएममार्फत् सेवाप्रदान गर्दै आइरहेको छ ।

प्रकाशित मिति : ८ असार २०७७, सोमबार  ११ : ५५ बजे

जबरर्जस्ती सामुदायिक वनका रुख नकाट्न माग

काठमाडौं । मलुकभरको सामुदायिक वन उपभोक्ता समूहहरुको छाता सङ्गठन सामुदायिक

स्ट्रबेरी खेतीतर्फ आकर्षित हुँदै दाङका युवा

दाङ – लहरै रोपिएका स्ट्रबेरीका बिरुवामा फलेका फल पाकेर लटरम्म

नेपाल हुँदै भारत प्रवेश गर्न खोज्ने दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौं । नेपाल हुँदै अवैध रुपमा भारत प्रवेश गर्न खोजेको

नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न आग्रह

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका निजी विद्यालयलाई नेपाली नामकरण गर्न

केजरीवाललाई थप चार दिन हिरासतमा राख्न अनुमति

नयाँ दिल्ली – मदिरा नीति घोटाला प्रकरणमा पक्राउ परेका दिल्लीका