भारतमा सर्वसाधारणका लागि पनि रेलको टिकट खुल्ला | Khabarhub Khabarhub

भारतमा सर्वसाधारणका लागि पनि रेलको टिकट खुल्ला


९ जेठ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भारत- भारतमा सर्वसाधारणका लागि पनि रेलको टिकट खुल्ला गरिएको छ । देशभरका विभिन्न रेल स्टेशनहरुमा २३० रेलको टिकट काट्न पाइने व्यवस्था गरिएको अधिकारीहरुले जनाएका छन् ।

रेल मन्त्रालयले शुक्रबार दिएको जानकारी अनुसार रेलस्टेसनहरुसँगै अनलाइनबाट पनि टिकट बुकिङ्ग गर्न सकिने व्यवस्था गरिएको छ ।

बिहीबारदेखि अहिलेसम्म १३ लाखभन्दा बढी व्यक्तिले टिकट बुकिङ्ग गरिसकेको मन्त्रालयका अधिकारीहरुले जानकारी दिएका छन् ।

टिकट बुकिङ्ग मात्रै नभएर यसअघि बुकिङ्ग गरेकाहरुको टिकट क्यान्सिल गर्ने व्यवस्था पनि गरिएको उनीहरुको भनाइ छ ।

यात्री टिकट सुविधा केन्द्र मार्फत् टिकट किनबेच भइरहेको छ । लामो समयपछि किनबेच खुल्ला गरिएकाले किनबेच गर्नेहरुको चाप अत्यधिक रहेको किनबेचमा सम्लग्न कर्मचारीहरुले जनाएका छन् ।

प्रकाशित मिति : ९ जेठ २०७७, शुक्रबार  ८ : १७ बजे

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ

नक्कली शरणार्थी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)का

खेलकुद महासंघ सुनसरीको संयोजकमा पौडेल

बिराटनगर – नेपाल खेलकुद महासंघ सुनसरीको संयोजकमा बिकल पौडेल चयन