पाकिस्तानको कराँचीमा १०७ जना सवार विमान दुर्घटना | Khabarhub Khabarhub

पाकिस्तानको कराँचीमा १०७ जना सवार विमान दुर्घटना


९ जेठ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पाकिस्तान- पाकिस्तानको कराँचीमा  विमान दुर्घटना भएको छ । पाकिस्तानको कराँची एयरपोर्टमा अवतरण गर्ने क्रममा विमान दुर्घटना भएको जनाइएको छ ।

कराची एअरपोर्टमा अवतरण गर्नुअघि विमान दुर्घटना भएको बीबीसीले जनाएको छ । पाकिस्तानको राष्ट्रिय एअरलाइन्स कम्पनी ‘पीआईए’को विमान दुर्घटनामा परेको हो । दुर्घटनास्थलमा कालो धुवाँको मुस्लो उडिरहेको देखिएको छ ।

दुर्घटनामा परेकाहरुको स्थितिबारे कुनै सूचना सार्वजनिक गरिएको छैन । विमानमा ९९ जना यात्री र चालकदलका आठ सदस्य रहेको त्यहाँका अधिकारीहरुले जनाएका छन् ।

शुक्रबार दिउँसो लाहोरबाट उडान भरेको एअरबस ‘ए–३२० पीके ८३०३’ अवतरणअघि एअरपोर्टनजिक एक ‘मोडल कोलोनी’मा खसेको जनाइएको छ ।

कोलनीका केही घरहरुमा समेत आगलागी भएको छ । केही सवारी–साधनहरु पनि जलेको देखिएको छ । विमानमा सवारहरुको जीवितै उद्धारको सम्भावना कम भएको पनि बताइएको छ । त्यसैगरी, घरका केही मानिससमेत हताहती भएको हुनसक्ने बीबीसीले जनाएको छ ।

दुर्घटनामा मृत्यु हुने र घाइते हुनेको विवरण आउन बाँकी रहेको छ ।

प्रकाशित मिति : ९ जेठ २०७७, शुक्रबार  ४ : ५७ बजे

जबरर्जस्ती सामुदायिक वनका रुख नकाट्न माग

काठमाडौं । मलुकभरको सामुदायिक वन उपभोक्ता समूहहरुको छाता सङ्गठन सामुदायिक

स्ट्रबेरी खेतीतर्फ आकर्षित हुँदै दाङका युवा

दाङ – लहरै रोपिएका स्ट्रबेरीका बिरुवामा फलेका फल पाकेर लटरम्म

नेपाल हुँदै भारत प्रवेश गर्न खोज्ने दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौं । नेपाल हुँदै अवैध रुपमा भारत प्रवेश गर्न खोजेको

नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न आग्रह

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका निजी विद्यालयलाई नेपाली नामकरण गर्न

केजरीवाललाई थप चार दिन हिरासतमा राख्न अनुमति

नयाँ दिल्ली – मदिरा नीति घोटाला प्रकरणमा पक्राउ परेका दिल्लीका