लुकिछिपी हिँडेका १४५ भारतीय मजदूर साँगाबाट फर्काइयो | Khabarhub Khabarhub

लुकिछिपी हिँडेका १४५ भारतीय मजदूर साँगाबाट फर्काइयो


९ जेठ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कोरोना भाइरस सङ्क्रमण फैलिदै गएको अवस्थामा रोमथाम र नियन्त्रणका लागि एक ठाउँबाट अर्को ठाउँमा आवतजावतमा समेत रोक लगाएको अवस्थामा हिंडेरै साँगामा आइपुगेका भक्तपुरका इँटाभट्टामा काम गर्ने भारतीय मजुदरलाई प्रहरीले फर्काएको छ ।

काभ्रेपलाञ्चोक र भक्तपुरको सीमानाका साँगाबाट आज बिहान ४ बजे लुकीछिपी हिंडेर आइपुगेका १४५ भारतीय मजदुरलाई सीमा नाकामा सुरक्षार्थ खटिएका प्रहरीले भक्तपुरतर्फ फर्काएको हो ।

भारतको विहारबाट आएर भक्तपुरको कुमारी इँटा उद्योग र चाँगुनारायण इँटा उद्योगमा काम गर्दै आएका मजदुर बन्दाबन्दीका कारण समस्यामा परेको भन्दै हिंडेरै जान लागेको अवस्थामा बिहान ४ बजेको समयमा नियन्त्रणमा लिएको सीमानाकामा सुरक्षार्थ खटिएका नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक (सइ) हरिशरण बस्नेतले बताए । उनीहरुलाई चार वटा ट्रकमा चढाएर पहिला बस्दै आएको ठाउँमै फर्काइएको हो ।

उनका अनुसार बिपी राजमार्ग हुँदै हिंडेर जाने भन्दै साँगा आइपुगेपछि त्यहीबाट प्रहरीले नियन्त्रणमा लिएर इँटा भट्टा सञ्चालकसँग सम्पर्क गरी त्यहीबाट गाडी मगाएर सोही ठाउँमा फर्काएको हो ।

बन्दाबन्दीका कारण काम नभएर बसिरहनुपरेको र साहुले एक व्यक्ति बराबर हप्ताको ६०० दिएको रकमले छाक टार्न समस्या भएको र घरबाट पनि फोन आइरहेका कारण हिंडेरै जान भनेर निस्केको उनीहरुले बताएका छन् ।

प्रकाशित मिति : ९ जेठ २०७७, शुक्रबार  ३ : १३ बजे

पाकिस्तानको विदेशी मुद्रा सञ्चितिमा गिरावट

इस्लामावाद – पाकिस्तानको स्टेट बैङ्क अफ पाकिस्तान (एसबीपी)ले बिहीबार आफ्नो

वैदेशिक रोजगारमा जानेलाई टिकटमै अत्यावश्यक सुविधाको व्यवस्था गर्न आग्रह

काठमाडौं । वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकको

नियम विपरीत राखिएका व्यक्तिगत सुरक्षाकर्मी फिर्ता गर्न गृहको निर्देशन

काठमाडौं – गृह मन्त्रालयले नियम विपरीत निजी सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई

पोखरा विमानस्थल निर्माणमा गडबडी – अनुसन्धानमा विष्णु पौडेलदेखि लोकेन्द्र विष्टसम्म तानिन सक्ने

काठमाडौं – हालसम्मकै ठूलो भ्रष्टाचार भएको भनिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल

बागमती प्रदेशसभा : हिउँदे अधिवेशनका ५७ दिनमा ६ बैठक

मनहरी । बागमती प्रदेशसभाको हिउँदे अधिवेशन ५७ दिन चलेकामा छ