आज जेष्ठ कृष्ण औंसी, भुलेर पनि नगर्नुहोस् यी १० काम | Khabarhub Khabarhub

आज जेष्ठ कृष्ण औंसी, भुलेर पनि नगर्नुहोस् यी १० काम


९ जेठ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हिन्दू धर्मको मान्यता अनुसार औंसी तिथिको ठूलो महत्व हुन्छ । महिनाको एक पटक आउने यस तिथिलाई धार्मिक रुपमा महत्व दिइन्छ ।

सोहि अनुसार आज शुक्रबार परेको जेष्ठ कृष्ण औंसीका दिन केहि कामहरु गर्नुपर्ने धार्मिक मान्यता छ ।

१. यस पटक जेष्ठ कृष्ण औंसीका दिन गंगा स्नान गर्न सम्भव नभएकाले गंगाजलका केहि थोपा पानीमा मिसाएर भएपनि यस औंसीमा नुहाउनु पर्दछ ।

२. आजको दिन पितृको आत्मा शान्तिका लागी तर्पण एवं उपवास गर्नुपर्दछ ।

३. औंसीको दिन कुनै गरीब व्यक्तिलाई दानदक्षिणा दिनु अत्यन्त पुण्य मानिन्छ ।

४. यस तिथिमा राहु र केतुको उपासना गर्नु पनि विशेष फलदायी मानिन्छ ।

५. आजै शनि जयन्ती समेत परेकाले शनिदेव तिल, तेल र पुष्प आदि चढाएर पुजा गरी शनि चालीसा पाठ गर्नु फलदायि मानिन्छ ।

६. बिहान पिपलका बोट मुनि जल अर्पण गर्ने र साझँमा दियो बाल्नु पर्दछ ।

७. यस अलावा निर्धन व्यक्ति सहित ब्राह्मणलाई भोजन गराई यथाशक्ति वस्त्र र अन्न दान गर्नुपर्दछ ।

८. आज माछामासु, अण्डा तथा मदिरा लगायतका तामसिक चीजको सेवन गर्नुहुदैन ।

९. औंसीका दिन शारीरिक सम्बन्ध राख्नबाट बच्नु पर्दछ ।

१०. औंसीको दिन दिउँसो सुत्न बर्जित गरिएको छ ।

प्रकाशित मिति : ९ जेठ २०७७, शुक्रबार  ११ : ०९ बजे

टस जितेको नेपाल पहिला फिल्डिङमा

काठमाडौं – टी–२० सिरिज अन्त्रगतको पहिलो खेलमा नेपाल ए ले

अतिथि सत्कार घरबासमा विदेशी पर्यटक बढ्दै

गलकोट– बागलुङको पर्यटकीय गाउँ भकुण्डेमा सञ्चालित जिल्लाकै पहिलो अतिथि सत्कार

निर्माण उद्योगमैत्री कानुन निर्माण सरकारको प्राथमिकता : प्रधानमन्त्री 

हेटौंडा– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्माण उद्योगमैत्री कानुन निर्माण गरेर

सुपरहिटको ट्याग पाउँदै ‘महाजात्रा’ दोस्रो हप्तामा प्रवेश

काठमाडौं– प्रदीप भट्टराईको निर्देशन रहेको ‘महाजात्रा’ सुपरहिटको ट्याग पाउँदै दोस्रो

बागमतीका मुख्यमन्त्री जम्कट्टेलले चैत १९ मा विश्वासको मत लिने

हेटौंडा– बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले चैत १९ मा विश्वासको