साउदी अरबमा १३ सय ६४ नेपालीलाई कोरोना भाइरसको संक्रमण | Khabarhub Khabarhub

साउदी अरबमा १३ सय ६४ नेपालीलाई कोरोना भाइरसको संक्रमण


९ जेठ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – साउदी अरबमा १ हजार ३६४ जना नेपालीलाई कोरोना भाइरसको संक्रमण भएको छ ।

साउदीस्थित नेपाली दूतावासका अनुसार अहिलेसम्म त्यहाँ ७ जना नेपालीको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ ।

राजधानी रियाद क्षेत्रमा २९९ जना, पूर्व क्षेत्रमा ६९५, जेद्दा क्षेत्रमा १७६, मक्का आसपासको क्षेत्रमा ६५, मदिनामा ७२, जाजान क्षेत्रमा ३३ र ताबुकमा २ जनामा संक्रमण देखिएको छ ।

यसअतिरिक्त कसिम क्षेत्रमा १९ जना अन्य क्षेत्रमा ३ नेपाली सङ्क्रमित भएको साउदीस्थित नेपाली राजदूतावासले जनाएको छ ।

रूघाखोकी, ज्वरो तथा स्वासप्रश्वासको समस्या भएमा आफ्नो कम्पनीको व्यवस्थापनलाई अनुरोध गरी स्वास्थ्य परीक्षण गराउन साउदीमा रहेका नेपालीलाई दूतावासले अनुरोध गरेको छ ।

कोरोना सङ्क्रमणले समस्यामा परेका नेपालीहरूको विवरण संकलनका लागि दूतावासले जेठ १ गतेदेखि अनलाइन फारम पनि सार्वजनिक गरेको छ ।

साउदी अरबको स्वास्थ्य मन्त्रालय र विदेश मन्त्रालयले दिएको जानकारी अनुसार साउदी अरबमा बिहीबार सम्म ६५ हजार ७७ जना संक्रमित भएका छन् ।

प्रकाशित मिति : ९ जेठ २०७७, शुक्रबार  ७ : १५ बजे

बालबालिकालाई आज भिटामिन ‘ए’ र जुकाको औषधी खुवाइँदै

काठमाडौं– सरकारले ६ महिनादेखि ५ वर्ष मुनिका बालबालिकालाई आज र

बिहीबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख ६ गते बुधबार सन्

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८१ साल वैशाख ६ गते बिहीबार तदनुसार

आज २०८१ साल वैशाख ६ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख ६ गते बिहीबार तदनुसार

भैरवको रथ तानेर बिस्केट जात्रा सम्पन्न हुँदै

भक्तपुर । भक्तपुरमा नौ दिन आठ रातसम्म मनाइने प्रसिद्ध बिस्केट